Techie IT
२०८२ वैशाख १४, आइतबार

आजको राशिफल (वैसाख १२ गते)


आज विक्रम संवत २०८२ साल वैसाख १२ गते,  शुक्रबार । वैशाख कृष्ण पक्षको द्वादशी तिथि। ईश्वी सन् २०२५ अप्रिल २५ तारिख । नेपाल संवत् ११४५ । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३२ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३३ मिनेट । दिनमान ३२ घडी ३४ पला । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशिले तयारपार्नुभएको आजको राशिफल हेर्नुहोस्ः- 

मेष – आज तपाईंको स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । औषधि उपचारमा खर्च बढ्ने सम्भावना रहेको छ । व्यापारमा लगानी गरे पनि सोचे अनुसारको आम्दानी नहुन सक्छ । पढाइ लेखाइमा मन नजाँदा केही पछाडि पर्ने अनुभव हुनसक्छ । अग्रजहरूसँग विचार नमिल्नाले मनमा चिसोपन आउन सक्छ । यद्यपि प्रेम जीवनमा भने मिठास रहनेछ र प्रेम सम्बन्धमा रमाउन चाहनेहरूका लागि यो समय अनुकूल छ । 

वृष – आजको दिन व्यापारिक दृष्टिले अत्यन्त लाभदायक हुन सक्छ । भविष्यमा फाइदा हुने काममा लगानी गरी तपाईंले राम्रो आम्दानी सुनिश्चित गर्न सक्नुहुन्छ । आर्थिक अभावका कारण रोकिएका कामहरू पुनः गति लिन सक्नेछन् । स्रोत साधनको उपयोग गर्दै अगाडि बढ्न सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रमा संलग्न व्यक्तिका लागि आम्दानी बढ्ने सम्भावना छ । पारिवारिक र प्रेम सम्बन्ध थप सुदृढ हुने देखिन्छ । पैत्रिक सम्पत्ति वा प्राकृतिक स्रोतको सदुपयोगले थप लाभ दिलाउनेछ ।

मिथुन – राजनीति तथा समाजसेवामा संलग्न व्यक्तिहरूका लागि आज जनताको साथ र समर्थन प्राप्त हुनेछ । व्यापार व्यवसायबाट राम्रो लाभ हुनेछ र आर्थिक अवस्था मजबुत बनाउने अवसर मिल्नेछ । कृषिमा संलग्नहरूका लागि समय फलदायी रहनेछ । पढाइमा पनि सफलता मिल्नेछ । प्रेम सम्बन्ध अझ प्रगाढ बन्नेछ । 

कर्कट – मौसमसँग सम्बन्धित वस्तुको व्यापारमा वृद्धि देखिन्छ । तपाईंले सामाजिक तथा परोपकारी काममा पनि सहभागिता जनाई प्रतिष्ठा कमाउन सक्नुहुनेछ । धर्म कर्मप्रति आकर्षण बढ्नेछ । शैक्षिक वा धार्मिक यात्राको अवसर पनि मिल्नेछ । परिवार र आफन्तसँगको सम्बन्ध अझ प्रगाढ हुनेछ र रमाइलो स्थानको भ्रमणमा जाने सम्भावना छ । जागिर खोज्ने वा स्थान परिवर्तन चाहनेहरूका लागि समय अनुकूल रहेको छ ।

सिंह – आजको दिन केही कठिन देखिन्छ । पढाइ लेखाइमा ध्यान केन्द्रित गर्न नसकिएला र त्यसले तनाव उत्पन्न गर्न सक्छ । व्यापारमा ध्यान नदिए घाटा हुन सक्छ र आर्थिक कारोबारमा समेत समस्या देखा पर्न सक्छ । प्रेम सम्बन्धमा धोका हुनसक्नेछ भने वैवाहिक जीवनमा मतभेद बढ्न सक्छ । 

कन्या – तपाईंको बुद्धिमत्ता र विवेकले आज तपाईंलाई विशेष लाभ दिलाउनेछ । व्यापारमा साझेदारीबाट राम्रो आम्दानी हुने सम्भावना छ । परिवारसँगको भेटघाटमा खुसी बाँड्न पाइनेछ । प्रेम सम्बन्धमा खुलेर रमाउन पाइनेछ र वैवाहिक जीवन पनि सुखद हुनेछ । विपरीत लिङ्गप्रति आकर्षण बढ्न सक्छ । विलासी वस्तुको प्रयोगमार्फत अरुको ध्यान तान्न सकिनेछ ।

तुला – व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ किनभने आवश्यक आर्थिक स्रोत जुट्नेछ । विगतका विवादमा तपाईंको पक्षमा निचोड आउनेछ र त्यसले मनमा अत्यधिक उत्साह ल्याउनेछ । पढाइमा उत्कृष्ट प्रदर्शन गरिनेछ र प्रतिस्पर्धीहरूलाई पछि पार्ने मौका मिल्नेछ । विरोधीहरू स्वतः कमजोर हुनेछन् । स्वास्थ्य पनि सन्तोषजनक रहनेछ ।

वृश्चिक – खाद्यान्न तथा गहना सम्बन्धी व्यवसायमा लाभ हुनेछ । राजनीतिमा लागेकाहरूले आलोचनासँगै समर्थन पनि प्राप्त गर्नेछन् । पढाइको सिलसिलामा वा कामका लागि विदेश जाने सम्भावना छ । प्रिय व्यक्तिबाट उपहार प्राप्त हुने सम्भावना देखिन्छ । प्रेम सम्बन्धमा रमाउन चाहनेहरूका लागि समय अनुकूल रहेको छ । विलासी सामानको प्रयोगले अरूको ध्यान आकर्षित गर्न सकिनेछ ।

धनु – घरपरिवारमा केही समस्याहरू देखा पर्न सक्छन् । आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेम सम्बन्धमा सानो तिनो मतभेद देखिन सक्छ । जग्गा सम्बन्धी विवादमा पर्नसक्ने सम्भावना छ ।  यद्यपि कृषिमा संलग्न व्यक्तिहरूले सन्तोषजनक लाभ उठाउन सक्नेछन् ।

मकर – आजको दिन तपाईंको लागि सुखद रहनेछ । परिवारसँग बसेर मिठा परिकारको स्वाद लिन पाइनेछ । विभिन्न स्रोतबाट आम्दानी हुने सम्भावना रहेको छ । व्यवसायमा अपेक्षाकृत लाभ हुनेछ । सानो व्यवसायिक यात्रा हुन सक्छ । प्रिय व्यक्ति नजिक रहेकाले मन प्रशन्न बन्नेछ ।

कुम्भ – आज पतिपत्नीबीचको सम्बन्धमा मधुरता रहनेछ । इष्टमित्रहरूबाट सहयोग प्राप्त हुनेछ । बोलीमा मिठास आउने हुँदा तपाईंको लोकप्रियता बढ्न सक्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ र तिर्थ यात्राको सम्भावना रहन्छ । मनको चञ्चलता कम हुँदै गइरहनेछ । नोकरीमा तपाईंको कार्यको प्रशंसा हुनेछ । राजनीति र सामाजिक क्रियाकलापमा तपाईंको छवि सुध्रिनेछ । व्यवसायिक दृष्टिले पनि समय अनुकूल रहनेछ ।

मीन – आज तपाईंले जनताको साथ पाउने सम्भावना छ । व्यापार व्यवसाय फस्टाउने संकेत देखिन्छ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ र मनका कुरा खुलेर साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुँदा राम्रो परिणाम हासिल गर्न सकिनेछ । जीवनका हरेक पाटामा सहयोगी व्यक्तिहरू भेटिनेछन् र प्रविधिको सही प्रयोग गरेर आफ्ना विचार फैलाउन सकिनेछ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट