Techie IT
२०८२ वैशाख ३, बुधबार

आजको राशिफल (चैत्र ३० गते)


आज विक्रम संवत २०८१ साल चैत्र ३० गते, शनिबार । चैत शुक्ल पक्षको पूर्णिमा तिथि। ईश्वी सन् २०२५ अप्रिल १२ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ४४ पला ।
रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफलः-

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आजको दिन माया प्रेममा नजिकिएर मनमा उल्लास छाउनेछ। पति–पत्नीबीच समझदारी बढ्नेछ र सम्बन्ध अझ बलियो बन्नेछ। व्यापारमा नयाँ लगानीको सोचले आम्दानीका अवसरहरू सिर्जना गर्नेछ। लामो समयदेखि सताएको स्वास्थ्यसम्बन्धी समस्या स्वतः कम हुँदै जाने संकेत देखिन्छ। मावली पक्षबाट काममा सहयोग प्राप्त हुने सम्भावना छ। पढाइमा राम्रो फड्को मारिनेछ भने रमाइलो घुमफिर, खानपान र मनोरञ्जनमा पनि समय बित्नेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
व्यवसायमा सोचेजस्तै आम्दानी हुनसक्ने दिन हो, आज गरिएको लगानीले भविष्यमा राम्रो फल दिन सक्छ। माया प्रेममा आत्मीयता बढ्नेछ भने घरपरिवार वा नजिकका साथीहरूसँग रमाइलो यात्राको अवसर मिल्नेछ। काममा सबैको सहयोग पाइने हुनाले मनमा नयाँ उत्साह पैदा हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ र आकस्मिक रूपमा धन वा उपहार प्राप्तिको सम्भावना छ। दिनभर उत्साह र प्रसन्नता रहनेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
आमा वा नजिकका आफन्तसँग सामान्य विवाद हुने सम्भावना छ, सानातिना कुरामा असमझदारी बढ्न सक्छ। साथीभाइसँग मनमुटावको अवस्था सिर्जना हुनसक्छ, जसले काममा असर पुर्याउन सक्छ। आर्थिक पक्ष पनि कमजोर देखिन्छ, विशेषगरी सवारी वा सम्पत्तिसम्बन्धी क्रय–विक्रय गर्दा सावधानी अपनाउनु राम्रो हुनेछ। यद्यपि, कृषि वा पशुपालनतर्फ ध्यान दिँदा अपेक्षित फाइदा मिल्ने सम्भावना छ। मौसम अनुकूल रहेको छ, यसले फाइदा पुग्नेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
आज विभिन्न आम्दानीका स्रोतहरू फेला पर्नेछन्, जसले तपाईलाई दीर्घकालीन लाभ दिन सक्छ। परिवारसँग मिलेर स्वादिलो खाना खाने अवसर मिल्नेछ भने छिमेकी वा दाजुभाइले तपाईंको कामको प्रशंसा गर्नेछन्। तपाईको प्रयासको मूल्यांकन हुनेछ र मनमा सकारात्मक ऊर्जा बढ्नेछ। विवादित मुद्दाहरू तपाईंको पक्षमा आउने सम्भावना प्रबल रहेकोले आत्मविश्वास अझ बढ्नेछ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे)
पारिवारिक भेटघाट र सभा समारोहमा सहभागी हुने मौका मिल्नेछ। परिस्थितिहरूलाई बौद्धिक क्षमताले सहज बनाउन सकिने दिन हो। प्रेम सम्बन्ध बलियो बन्नेछ र जीवनसाथीको सहयोगले काममा गति आउन सक्छ। कलाकारिता, संगीत वा चलचित्र क्षेत्रका व्यक्तिहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने राम्रो समय हो। आफन्त र कुटुम्बको सहयोगबाट नयाँ काममा हात हाल्न सकिनेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
काम समयमा सकिने र अरुको सहयोगले सम्मान प्राप्त हुने योग छ। पढाइ वा शिक्षण क्षेत्रमा कम समयमा धेरै उपलब्धि हासिल गर्न सकिनेछ। व्यापारमा राम्रो मुनाफा मिल्ने संकेत देखिन्छ, र लगानीको वातावरण पनि बन्नेछ। माया प्रेममा रमाइलो समय बित्नेछ भने मौसमको अनुकूलता कृषि तथा पशुपालन व्यवसायमा पनि राहत दिनेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
प्रेम सम्बन्धमा केही दूरी बढ्न सक्छ जसले मन खिन्न बनाउनेछ। यात्रा वा घुमफिरको क्रममा खर्च नियन्त्रण गर्न नसक्दा आर्थिक चाप बढ्न सक्छ। कानुनी विषयमा सजग रहनुपर्छ, अन्यथा जरिवाना वा समस्या पर्न सक्छ। यद्यपि, विदेशतर्फको यात्रा वा काममा सफलता मिल्ने सम्भावना छ। विदेशमा रहेका व्यक्तिहरूका लागि आजको दिन सन्तोषजनक रहनेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
व्यवसायमा लगानी बढाएर आम्दानीका नयाँ बाटाहरू खोल्न सकिनेछ। आफन्त वा दाजुभाइबाट पूर्ण सहयोग मिल्नेछ। माया प्रेममा नजिकिएको महसुस हुनेछ। नयाँ गाडी वा अन्य सम्पत्तिमा फाइदा हुने समय हो। पढाइमा सुधार आउनेछ भने मनोकामना पूर्तिको समय पनि आएको देखिन्छ। रोकिएका कामहरू अगाडि बढ्ने र मनोरञ्जनमा समय व्यतित हुने योग छ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
आज तपाईंले आफ्नो आँट र मेहनतबाट सफलता हात पार्न सक्नुहुनेछ। व्यापारमा प्रगति हुने, साथीभाइबाट सहयोग प्राप्त हुने र रमाइलो यात्राको अवसर मिल्नेछ। प्रेम र मित्रतामा मधुरता आउनेछ, परिवार पनि तपाईंप्रति सन्तुष्ट रहनेछन्। खानपान, घुमफिर र मनोरञ्जनमा समय बिताउने अवसर मिल्नेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
धार्मिक यात्राको अवसर मिल्नेछ र पर्यटनसँग सम्बन्धित काम फस्टाउनेछ। शिक्षामा राम्रो नतिजा आउनेछ, विशेषगरी अनुसन्धान वा धार्मिक अध्ययनमा लागेकाहरूलाई सफलता मिल्नेछ। प्रेम सम्बन्धमा आकर्षण बढ्नेछ। मनोरञ्जन तथा खानपानमा केही समय खर्च हुनेछ तर त्यसबाट मानसिक सन्तुष्टि मिल्नेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
स्वास्थ्यसम्बन्धी केही चुनौती आइपर्न सक्छ, जसले दैनिक काममा असर पुर्याउनेछ। अनावश्यक चिन्ताले आत्मविश्वास घटाउनेछ, त्यसैले ध्यान केन्द्रित गर्नु आवश्यक छ। व्यापारमा हतारमा निर्णय लिनाले घाटा लाग्न सक्छ। धनसम्पत्ति वा बहुमूल्य वस्तुहरूको हेरचाहमा ध्यान दिनुहोला। लामो दूरीको यात्रा आवश्यक भए, योजनाबद्ध रूपमा गर्नु राम्रो हुनेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
कामको चाप कम हुँदै विश्राम मिल्नेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। माया प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ। आम्दानी राम्रो हुनेछ र विभिन्न उपहार प्राप्त हुने सम्भावना छ। सम्मान प्राप्तिको अवसर छ भने व्यापारिक यात्राबाट सकारात्मक नतिजा पनि हात लाग्नेछ। खानपान र मनोरञ्जनमा रमाइलो समय बित्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट