Techie IT
२०८२ वैशाख ६, शनिबार

राशिफल (चैत्र २९ गते, शुक्रबार)


आज विक्रम संवत ।२०८१ साल चैत्र २९ गते,  शुक्रबार । चैत शुक्ल पक्षको चतुर्दशी तिथि। ईश्वी सन् २०२५ अप्रिल ११ तारिख । नेपाल संवत् ११४५ । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २५ मिनेट । दिनमान ३१ घडी ४० पला । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफल हेर्नुहोस्:-

मेष:
आजको दिन व्यवसायिक उन्नतिका लागि शुभ छ । निर्माण सामग्री, खाद्यान्न, पहिरन र गरगहनाको व्यापारमा राम्रो लाभ मिल्नेछ । आफन्तजनसँग सम्बन्ध बलियो बन्दै जाँदा पारिवारिक वातावरण पनि खुसीमय रहनेछ । प्रेम सम्बन्धमा नजिकिएको अनुभूति हुनेछ । ऋण, रोग र शत्रुबाट मुक्ति मिल्ने संकेत देखिन्छ । सानो दुरीको अफिसियल यात्राले नयाँ अवसर खोल्न सक्छ । जागिरमा बढुवा वा स्थानान्तरणको सम्भावना उच्च छ ।

वृष:
दाम्पत्य जीवन सुमधुर बन्नेछ । श्रीमान्–श्रीमतीबीचको समझदारी गहिरो हुनेछ । सन्तान र परिवारजनको सहयोगले योजना सफल बनाउनेछ । नोकरीमा समाजोपयोगी कार्यको मूल्याङ्कन गरिनेछ । राजनीति वा सामाजिक क्षेत्रमा सक्रिय रहनुहुन्छ भने प्रतिष्ठामा वृद्धि हुनेछ । वैदेशिक रोजगारीका लागि प्रयास गर्नेहरूका लागि यो समय सकारात्मक देखिन्छ । जग्गा–जमिनको कारोबारले पनि फाइदा दिन सक्छ ।

मिथुन:
राजनीति वा समाजसेवामा सक्रिय हुनुहुन्छ भने जनताको भावना बुझेर अघि बढ्दा सफलता मिल्नेछ । स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ, विशेष गरी छातीसम्बन्धी समस्या । यद्यपि कृषि, पशुपालन वा सवारी साधनको कारोबारमा भनेजस्तै आम्दानी लिन सकिनेछ। प्रेम जीवनमा उत्साहजनक समय रहनेछ ।

कर्कट:
उद्योग वा व्यापारमा लगानी बढाउनु भएमा प्रतिफल पनि राम्रो हुनेछ । दाजुभाइ वा आफन्तबाट सहयोग प्राप्त हुने हुँदा उत्साह बढ्नेछ । छोटो रमाइलो यात्राको अवसर मिल्नेछ। माया प्रेम गहिरो बन्नेछ र वैवाहिक जीवनमा समझदारी कायम हुनेछ । साहित्य वा सिर्जनात्मक क्षेत्रमा संलग्न हुनुहुन्छ भने आज बाँकी काम सक्ने अवसर छ ।

सिंह:
धन तथा सम्पत्ति व्यवस्थापनमा राम्रो समय छ । प्रेम सम्बन्धमा आत्मियता बढ्नेछ भने परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । खाना र मनोरञ्जनसँग सम्बन्धित व्यवसायबाट आम्दानी बढ्नेछ । सांंगीतिक वा कलासँग सम्बन्धित क्षेत्रमा संलग्न हुनुहुन्छ भने तपाईँको प्रतिभा मूल्याङ्कन हुनेछ ।

कन्या:
व्यवसायमा फस्टाउने समय आएको छ । तपाईँले गरेका लगानीबाट अपेक्षित लाभ मिल्नेछ । कानुनी वा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता तपाईँकै पक्षमा हुनेछ । प्रेम सम्बन्धमा ताजगी छाउनेछ। अध्ययन, यात्रा वा सामाजिक कार्यबाट पनि लाभ प्राप्त हुनेछ ।

तुला:
आज व्यापारमा लगानी गर्दा सोचविचार गर्नुपर्ने योग छ । अनुसन्धान वा खोजमूलक काममा संलग्न विद्यार्थीका लागि समय औसत रहनेछ । प्रेम जीवनमा पहिले तय भएको भेटघाट स्थगित हुन सक्छ । विदेशबाट आयात भएका सामानहरूबाट फाइदा भए पनि स्वदेशी वस्तुहरूले बजारमा चुनौती झेल्न सक्नेछन् ।

वृश्चिक:
अघिल्लो समय रोकिएका कामहरू आज सम्पन्न हुन सक्छन् । व्यवसायबाट आम्दानी बढ्नेछ भने प्रतिस्पर्धामा पनि तपाईँको अग्रता रहनेछ । आफन्त वा साथीसँगको विश्वासले आत्मबल बढ्नेछ । योजना गोप्य राखेर अघि बढ्नुभयो भने फाइदा हुनेछ ।

धनु:
राज्यसँग सम्बन्धित काममा सफलता मिल्नेछ । सामाजिक सेवाबाट मान सम्मान पाउने योग छ । रोजगारी खोज्नेहरूका लागि नयाँ गन्तव्य खुल्ने सम्भावना छ । स्थानान्तरण वा नयाँ अवसरका लागि आजको दिन अनुकूल देखिन्छ। प्रेम र वैवाहिक सम्बन्धमा सुमधुरता आउनेछ ।

मकर:
पाएको जिम्मेवारीलाई सफलता पूर्वक पूरा गर्न सकिनेछ । यसबाट मान र दुवै दाम कमाउन सकिनेछ । पढाइमा केन्द्रित हुनसके राम्रो नतिजा हात पर्नेछ । सरकारी वा सामाजिक क्षेत्रमा राम्रो उपस्थिति देखाउन सकिनेछ । साथीसङ्गत रमाइलो रहनेछ ।

कुम्भ:
स्वास्थ्यप्रति विशेष सतर्कता आवश्यक छ । व्यापार वा लगानीमा सोचेर मात्र कदम चाल्नु उपयुक्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्छ । खर्च र तनावको सम्भावना देखिएकाले पारिवारिक सल्लाह लिएर निर्णय लिनु उपयुक्त हुनेछ ।

मीन:
व्यवसायमा राम्रो फाइदा मिल्ने सम्भावना छ । साझेदारी वा एकल लगानी दुवैमा लाभ हुने समय आएको छ । पढाइमा मन जानेछ, परिणाम पनि सकारात्मक आउनेछ । पारिवारिक यात्राको योजना सफल हुनेछ । प्रेम र दाम्पत्य सम्बन्ध अझै बलियो बन्नेछ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट