आजको राशिफल (चैत्र २६ गते )

आज विक्रम संवत २०८१ साल चैत्र २६ गते, मंगलबार ।चैत शुक्ल पक्षको एकादशी तिथि । ईश्वी सन् २०२५ अप्रिल ८ तारिख । नेपाल संवत् ११४५ । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २४ मिनेट । दिनमान ३१ घडी २८ पला । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयारपार्नुभएको आजको राशिफल हेर्नुहोस्;-
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
विलासी वस्तु उपहारमा पाउनुका साथै प्रेम सम्बन्ध विवाहमा परिणत हुने सम्भावना छ । शेयर बजार र व्यापारमा लगानीबाट फाइदा मिल्नेछ । सन्तानको प्रगति देखेर मन खुशी हुनेछ । अध्ययन र यात्राको पनि राम्रो योग छ ।
वृष (इ, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
घरजग्गा र सवारी साधनको लाभ हुने दिन हो । आमाको सहयोगले उपलब्धिमूलक कार्यहरूमा सफलता मिल्नेछ । व्यापारमा वृद्धि र पारिवारिक सम्बन्ध बलियो बन्नेछ । प्रेम सम्बन्धमा पनि मिठास आउनेछ ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
सहयोगी साथीहरूको साथले रोकिएका काम बन्नेछन् । प्रेममा सामिप्यता बढ्नेछ । दाजुभाइको साथ र छिमेकीसँग सहयोगको वातावरण मिल्नेछ । मनोरञ्जन र खानपानमा समय बित्नेछ ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
कुटुम्ब र आफन्तसँग सुमधुर सम्बन्ध रहनेछ । खोज–अनुसन्धानमा सकारात्मक नतिजा आउनेछ । साङ्गीतिक वा लामो दूरीको यात्राको योग छ । भविष्यमा फाइदा हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
नाम र दाम दुबै कमाउन सकिने समय हो । मेहनतले सफलता दिलाउनेछ । पारिवारिक रमाइलो वातावरणमा मिठो भोजनको आनन्द लिन सकिनेछ । विदेशमा बस्नेहरूका लागि समय शुभ छ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
विदेश यात्रा र अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने सम्भावना छ । अध्ययन वा पेशामा सुधार आउनेछ । खर्च बढे पनि फाइदाजनक काम हुनेछ । आफन्तसँग रमाइलो समय बित्नेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
धन सञ्चय गर्न सकिने र लगानीमा लाभ उठाउन सकिने दिन हो । पारिवारिक र दाजुभाइको साथले ठूला काम सम्पन्न हुनेछन् । प्रेममा गहिरो सम्बन्ध बन्नेछ ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
नयाँ प्रस्ताव प्राप्त हुनेछ र जागिरमा पदोन्नति सम्भावना छ । व्यापार र शेयरबाट लाभ उठाउन सकिनेछ । छोटो समयमै प्रसिद्धि कमाउन सकिनेछ । माया सम्बन्धमा पनि सकारात्मकता आउनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
धार्मिक तथा शैक्षिक यात्राको राम्रो योग छ । व्यापार र बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेम र मित्रता सुदृढ हुनेछ । पुराना साथीहरूसँग भेटघाट हुनेछ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
समय राम्रो छ, तर खर्च बढ्न सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । अनुसन्धान र व्यापारमा लगानी बढाउन सकिनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
व्यापारमा लगानी फाइदाजनक हुनेछ । पढाइमा राम्रो नतिजा आउँछ । परिवारसँगको समय रमाइलो हुनेछ । प्रविधिको प्रयोगबाट जनमानसमा प्रभाव पार्न सकिनेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
पुरानो रोग निको हुने सम्भावना छ । पढाइमा राम्रो प्रगति देखिनेछ । मामा पक्षबाट सहयोग मिल्नेछ । प्रेम सम्बन्धमा नजिकिने समय हो । आत्मबल उच्च रहनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस