आज सोमबारको राशिफल (चैत्र २५)

वि.सं. २०८१ साल चैत्र २५ गते । सोमबार । चैत शुक्ल पक्षको दशमी तिथि। ईश्वी सन् २०२५ अप्रिल ७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । काठमाडौँ सूर्योदय बिहान ०५ बजेर ५० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २३ मिनेट । दिनमान ३१ घडी २४ पला । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफल हेर्नुहोस्;-
मेष
काम र पढाइको सिलसिलामा आमा वा आफन्तबाट टाढा हुनुपर्ने हुनाले मन अलिकति खिन्न हुन सक्छ । प्रेम सम्बन्धमा टाढै रहनु राम्रो हुनेछ किनभने नजिकिँदा मनमुटाव हुन सक्छ । आफन्तसँग घुमघाम र रमाइलोमा समय बित्नेछ । घरजग्गा र सवारी किनबेचबाट नाफा कमाउन सकिनेछ । लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । वैदेशिक अवसरले आकर्षित गर्नेछ । व्यापारमा लाभ हुनेछ तर राजनीतिक क्षेत्रमा घेराबन्दीमा पर्ने सम्भावना भएकाले सतर्क रहनुहोला ।
वृष
व्यापार र सेयर बजारमा लगानी बढाएर राम्रो फाइदा लिन सकिनेछ । रमाइलो र उपलब्धिपूर्ण यात्रा हुने संकेत छ । समाजमा गुमेको सम्मान फिर्ता हुने र प्रभावशाली बन्न सकिनेछ । समयको राम्रो उपयोग गरेर भाग्य बढाउन सकिनेछ । दाजुभाइको सहयोग पाईने हुँदा मन हलुका हुनेछ ।
मिथुन
व्यापार फस्टाउनेछ र थप लगानीको वातावरण बन्नेछ । कार्यक्षेत्रमा तपाईंको निर्णयको कदर हुनेछ । प्रेम सम्बन्धमा नजिकिएर सम्बन्ध मजबुत हुनेछ । साथीभाइसँग मिठो भोजन गर्दै रमाइलो गरिनेछ । पारिवारिक भेटघाट र मनोरञ्जनमा समय बित्नेछ । धनसम्पत्तिमा वृद्धि हुनेछ । पढाइमा गरेको लगानीबाट फाइदा हुनेछ ।
कर्कट
आफ्नो क्षमता देखाएर नाम र धन कमाउन सकिनेछ । पढाइमा सुधार आउनेछ र लक्ष्य नजिकिँदै जानेछ । मेहनतले सफलता मिल्नेछ । परिवारसँग मिलेर मिठो खाना खाने र रमाइलो गर्ने मौका मिल्नेछ । समाजसेवामा सक्रिय भएर प्रतिष्ठा बढाउन सकिनेछ ।
सिंह
लामो यात्रा हुने संकेत छ तर यात्रामा ध्यान दिनु राम्रो हुनेछ । नियम उल्लंघन गरेमा जरिवाना भोग्नुपर्ने हुन सक्छ । व्यापारमा आम्दानी कम हुन सक्छ र सम्पत्ति हराउने सम्भावना पनि छ । प्रेम सम्बन्धमा अविश्वास हुन सक्छ । यद्यपि विदेशी वस्तुको व्यापार राम्रो चल्नेछ ।
कन्या
दाजुभाइ वा अग्रजको सल्लाह लिएर अघि बढ्दा सफलता हात लाग्नेछ । पढाइमा प्रगति हुनेछ । बौद्धिक क्षमताको प्रयोग गरेर समाजमा राम्रो काम देखाउन सकिनेछ । नयाँ कामबाट आम्दानीका नयाँ स्रोत खुल्नेछन् । पैतृक वा सरकारी सम्पत्ति हात लाग्ने सम्भावना छ ।
तुला
परिवारको साथ पाइनेछ जसले काममा सहयोग पुर्याउनेछ । कामका चुनौती पार गर्दै गन्तव्यमा पुग्न सकिनेछ । शेयर बजार वा वित्तीय क्षेत्रमा लगानीबाट आम्दानी हुनेछ । पुराना समस्याको समाधान भएर नयाँ अवसर प्राप्त हुनेछन् । बुबा सरहका व्यक्तिबाट सहयोग मिल्नेछ । प्रेम सम्बन्धमा मिठास आउनेछ ।
वृश्चिक
अनुसन्धान र अध्ययनको क्षेत्रमा कम समयमै राम्रो उपलब्धि मिल्नेछ । प्रेम सम्बन्धमा नजिकिएर समझदारी बढ्नेछ । धार्मिक र शैक्षिक यात्राको योग देखिन्छ । नोकरीमा स्थानान्तरण वा बढुवा हुन सक्ने सम्भावना छ । आशा गरेको सफलता मिल्नेछ ।
धनु
आफन्तसँग विवाद हुने संकेत छ । व्यापारमा मुनाफा बढाउन धेरै समय खर्चनुपर्नेछ । खानपान र स्वास्थ्यप्रति सजग रहनु पर्ने दिन हो । सवारी साधनको प्रयोगमा ध्यान दिनु राम्रो हुनेछ । प्रेम सम्बन्धमा दूरी बढ्न सक्छ । पढाइमा ध्यान नदिँदा पछि पर्न सकिनेछ ।
मकर
प्रेम र मित्रताको सम्बन्ध बलियो हुनेछ । आम्दानी राम्रै हुनेछ र उपहार पनि पाईने सम्भावना छ । विश्रामको मौका मिल्नेछ र परिवारसँग मिलेर नयाँ आशा पलाउनेछ । जीवनसाथीसँगको यात्रा सुखद हुनेछ र सकारात्मक परिणाम ल्याउनेछ ।
कुम्भ
विरोध गर्नेहरू पनि तपाईंको तारिफ गर्न थाल्नेछन् । बन्द व्यापार चल्नेछ र नयाँ उद्योगमा लगानी गर्ने मौका मिल्नेछ । प्रतिस्पर्धामा जित हासिल हुनेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ । पढाइमा राम्रो नतिजा आउनेछ । धार्मिक कार्यमा सहभागिता जनाउँदा मन शान्त हुनेछ
मीन
प्रेम सम्बन्ध बलियो हुनेछ । जीवनसाथीको साथमा काम सम्पन्न गर्न सजिलो हुनेछ । मेहनतबाट प्रतिष्ठा प्राप्त हुने अवसर छ । सन्तानको प्रगतिले मन प्रसन्न हुनेछ । बैंकिङ क्षेत्रबाट फाइदा हुनेछ । शिक्षामा सफलता मिल्नेछ । राजनीतिमा अवसर प्राप्त हुनेछ । परिवारसँग सल्लाह लिएर अघि बढेमा सफलता पाउने सम्भावना छ ।
तपाईको प्रतिक्रिया दिनुहोस