आजको राशिफल (चैत्र १७ गते)

आज विक्रम संवत २०८१ साल चैत्र १७ गते, आइतबार । चैत शुक्ल पक्षको प्रतिपदा तिथि। ईश्वी सन् २०२५ मार्च ३० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १९ मिनेट । दिनमान ३० घडी ५२ पला । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफल हेर्नुहोस् ।
मेष (चु चे चो ला लि लु ले लो अ)
आज आफन्त र अग्रजहरूसँग मतभेद हुन सक्छ । अनावश्यक विवादबाट टाढा रहनु होला स्वास्थ्यमा समस्या आउन सक्छ औषधि उपचारमा खर्च बढ्ने संकेत छ । माया प्रेममा धोका हुन सक्छ । विदेशी व्यापारमा फाइदा मिल्नेछ ।
वृष (इ उ ए ओ वा वि वु वे वो)
आर्थिक स्थिति मजबुत हुनेछ । पिताको सहयोगमा धनप्राप्ति हुनेछ । पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ। पढाइमा सुधार आउनेछ भने नयाँ अवसरहरू हात पार्न सकिनेछ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
राजनीति र समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । व्यापार व्यवसायबाट राम्रो लाभ हुनेछ । कृषि तथा पशुपालन व्यवसायमा प्रगति हुनेछ । अध्ययन वा कामको सिलसिलामा टाढाको यात्रा हुन सक्छ ।
कर्कट (हि हु हे हो डा डि डु डे डो)
धार्मिक कार्यमा रुचि बढ्नेछ । मन्दिर जाने अवसर मिल्नेछ । बन्द व्यापार फस्टाउने संकेत छ भने माया प्रेममा आत्मीयता बढ्नेछ । सरकारी क्षेत्रमा प्रभाव बढ्ने योग छ ।
सिंह (मा मि मु मे मो टा टि टु टे)
समय प्रतिकूल छ ध्यानपूर्वक निर्णय लिनुहोला । आर्थिक संकट आउन सक्छ दाजुभाइ वा दिदीबहिनीसँग मनमुटाव हुन सक्छ । सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला ।
कन्या (टो पा पि पु ष ण ठ पे पो)
नयाँ सवारी साधन जोड्ने समय आएको छ । व्यापारमा लगानीबाट लाभ हुनेछ । वित्तीय क्षेत्रमा सफलता मिल्नेछ । माया प्रेममा निकटता बढ्नेछ भने पारिवारिक जमघटमा मिठो खानपानको अवसर मिल्नेछ ।
तुला (रा रि रु रे रो ता ति तु ते)
व्यापारबाट राम्रो आम्दानी हुनेछ । आलोचकहरू पनि तपाईंको तारिफ गर्नेछन् । प्रतिस्पर्धामा सफलता मिल्नेछ । मुद्दा मामिलामा तपाईंको पक्षमा निर्णय आउन सक्छ । पढाइमा राम्रो प्रगति हुनेछ ।
वृश्चिक (तो ना नि नु ने नो या यि यु)
पढाइमा ध्यान कम जानेछ । प्रेम सम्बन्धमा अविश्वास बढ्ने संकेत देखिन्छ । भौतिक सम्पत्तिको प्रयोग गर्दा सावधानी अपनाउनुहोला । लगानीको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ।
धनु (ये यो भा भि भु ध फा ढा भे)
घरपरिवारमा समस्या आउन सक्छ । आमाको स्वास्थ्यमा समस्या देखिन सक्छ । प्रणय सम्बन्धमा सामान्य मनमुटाव आउन सक्छ । कृषि तथा पशुपालन व्यवसायबाट नाफा मिल्नेछ ।
मकर (भो जा जि जु जे जो ख खि खु खे खो गा गी)
नयाँ आयस्रोत फेला पर्नेछ । परिवारबाट सहयोग प्राप्त हुनेछ व्यापार व्यवसायबाट लाभ हुनेछ । विवादित विषयहरूमा तपाईंको पक्ष बलियो रहनेछ ।
कुम्भ (गु गे गो सा सि सु से सो दा)
विवादमा नपर्नुहोस् पैसाको कारोबारमा सचेत रहनुहोला । खानपानमा लापरवाही गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । लगानीको प्रतिफल लिन केही समय कुर्नु होला ।
मीन (दि दु थ झ ञ दे दो चा ची)
सकारात्मक दिन छ । नयाँ पहिरन र भौतिक सुख सुविधामा रमाउने समय छ । राजनीति र समाजसेवामा सफलता मिल्नेछ व्यापारमा लगानी गर्दा फाइदा हुनेछ । परिवारसँग रमाइलो समय बित्नेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस