आजको राशिफल (चैत्र ३)

आज विक्रम संवत २०८१ साल चैत्र ३ गते, आइतबार ।चैत कृष्ण पक्षको द्वितीया तिथि। ईश्वी सन् २०२५ मार्च १६ तारिख । नेपाल संवत् ११४५ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १२ मिनेट । दिनमान २९ घडी ५४ पला । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफल हेर्नुहोस् ;-
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खानपानमा लापरवाही गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। आफन्तलाई दिएको ऋणले झगडा निम्त्याउन सक्छ। यात्रा गर्दा सावधानी अपनाउनुहोस् – धन वा सम्पत्ति हराउने सम्भावना छ। प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्छ भने सामाजिक र राजनीतिक प्रभाव कमजोर बन्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शिक्षा, व्यापार र शेयर बजारमा लगानीले फाइदा हुनेछ। प्रेम सम्बन्धमा सामीप्यता बढ्नेछ। उपहार प्राप्ति र चिठ्ठा जित्ने सम्भावना छ। सन्तानको प्रगति र परिवारमा नयाँ सदस्यको आगमनले खुसी थपिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
समाजसेवा र अरूको सहयोगमा रमाउने समय छ। तर प्रेममा मनमुटाव र स्वास्थ्यमा समस्या देखिन सक्छ। कृषि र पशुपालनबाट आम्दानी हुनेछ। तर आफ्ना काम थाती रहने सम्भावना छ, प्राथमिकता तोक्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समयको ख्याल नगर्दा खर्च मात्र हुनेछ। काममा सफलता पाउन गाह्रो हुनेछ, र आफन्तबाट पनि सहयोगको अपेक्षा नगर्नु बेस। सुझावलाई बेवास्ता गर्दा हानी हुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साहित्य, कला, काउन्सेलिङ र बोलिने पेशामा सफलता मिल्नेछ। आफन्तसँग भेटघाट र प्रेम सम्बन्धमा नजिकिन सकिनेछ। पारिवारिक भोजको अवसर मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
समयको सदुपयोग गरेर सामाजिक छवि बनाउने अवसर छ। साथीहरूको सहयोगले काम अघि बढ्नेछ। विद्यार्थीलाई सफलता मिल्नेछ। अनलाइन व्यापार र खाद्य क्षेत्रमा लाभ हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
विदेश यात्रा वा विदेशी वस्तुको व्यापारबाट लाभ मिल्नेछ। तर यात्रा गर्दा सजग रहनुहोस्। प्रेममा गलतफहमी हुन सक्छ। नीति नियम पालना नगर्दा जरिवाना तिर्नुपर्ने अवस्था आउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार, खनिज वा तरल पदार्थको कारोबारमा फाइदा हुनेछ। पढाइमा राम्रो नतिजा आउन सक्छ। समाजमा प्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्धमा पनि समय अनुकूल छ।
धनु (ये, यो, भा, भि, भू, ध, फा, ढा, भे)
काममा अवरोध आउनेछ, आलोचक सक्रिय हुनेछन्। व्यापारमा ह्रास आउन सक्छ। पारिवारिक तनाव र प्रतिष्ठामा असर पर्न सक्छ। धैर्य राखेर काम गर्नु बुद्धिमानी हुनेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
धार्मिक कार्य, शिक्षामा सफलता मिल्नेछ। लामो दूरीको यात्रा सफल बन्नेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम जीवनमा नयाँ उत्साह आउनेछ। लगानी लाभदायक हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धनसम्बन्धी विषयमा चुनौती आउनेछ। बोलीमा नरमपन राख्नुहोस्। साना कुरामा झगडा बढ्न सक्छ। तर अप्रत्याशित लाभ मिल्नेछ। आत्मसंयम आवश्यक छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
व्यापारमा लाभ र पढाइमा सफलता मिल्नेछ। पारिवारिक घुमघाम र स्वादिष्ट भोजनको अवसर आउनेछ। सामाजिक सञ्जालमार्फत विचार प्रचार गर्ने अवसर छ। प्रेममा सामिप्यता बढ्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस