Techie IT
२०८२ वैशाख ६, शनिबार

आजको राशिफल (फाल्गुन २९ गते)


आज विक्रम संवत २०८१ साल फाल्गुन २९ गते, बिहीबार । फागुन शुक्ल पक्षको चतुदर्शी तिथि।  ईश्वी सन् २०२५ मार्च १३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १० मिनेट । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको फलादेशः

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सन्तानको सफलता देख्दा मन खुशी हुनेछ। आफन्तसँग रमाइलो समय बित्नेछ । मनोरञ्जन, यात्रा र स्वादिलो भोजनको अवसर पाइनेछ । खर्च कम र आम्दानी बढ्ने संकेत छन् । उपहार वा विलासी वस्तु पाउने सम्भावना पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आमाको सल्लाह लाभदायक हुनेछ । कृषि र पशुपालनमा फाइदा हुनेछ । समाजसेवामा समय दिनुपर्ने देखिन्छ । यात्रा र खानपानमा सावधानी अपनाउनुहोला । बोली र व्यवहार सन्तुलित राख्नु आवश्यक छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्रेममा नजिकिएको अनुभूति हुनेछ । साथीभाइको साथमा अड्किएका काम बन्नेछन् । प्रतिष्ठा बढ्नेछ। दाजुभाइको सहयोग पाइनेछ । परिवारसँग रमाइलो गर्दै यात्रा र भोजनमा समय बित्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मायामा विश्वास बढ्नेछ । साहित्य, संगीत र कला क्षेत्रमा सफलता मिल्नेछ । पढाइमा कम समय दिए पनि राम्रो नतिजा आउनेछ । मन खुशी बनाउने सहयोग कुटुम्बबाट मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मविश्वास बढ्नेछ, जसले कठिन काम सजिलै पुरा हुनेछन् । व्यवसायमा आम्दानी बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । विश्राम र रमाइलोको समय रहन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, खर्च बढ्नेछ । अल्छीपनले काममा असर गर्न सक्छ । प्रेममा हल्का मनमुटावको संकेत छ । साथीभाइसँगको व्यवहारमा सतर्कता अपनाउनुहोस् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धनलाभको योग छ । अधुरा योजना पुरा हुनेछन् । सन्तान र परिवारसँग रमाइलो समय बित्नेछ । पुख्र्यौली सम्पत्तिबाट लाभ हुन सक्छ । प्रेमसम्बन्ध बलियो बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक सम्पत्तिबाट फाइदा मिल्नेछ । पढाइमा राम्रो नतिजा आउनेछ । प्रेम सम्बन्धमा नजिकिन पाइनेछ । पुराना साथी भेट हुँदा खुसी बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
बौद्धिक क्षमताको प्रयोगले सफलता मिल्नेछ । मनपर्ने वस्तुहरू प्राप्त हुनेछन् । भाग्यको साथ मिल्नेछ । प्रेम सम्बन्ध विवाहमा परिणत हुन सक्ने सम्भावना छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
केही पारिवारिक विवादले तनाव दिन सक्छ । पढाइ र स्वास्थ्यमा ध्यान दिनुहोस् । प्रेममा धोका पाउने सम्भावना रहेकाले सचेत रहनुहोला । आफन्तसँग रमाइलो भेटघाटले दिन रमाइलो बनाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
परिवर्तनशील सोचले फाइदा हुनेछ । मान सम्मान र प्रतिष्ठा बढ्नेछ । परिवारमा आत्मीयता बढ्नेछ । प्रेम र मित्रता अझ बलियो बन्नेछन् । स्वादिलो भोजन र रमाइलोमा समय बित्नेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
कामबाट विश्राम मिल्नेछ । व्यापारमा लाभ मिल्नेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा यात्रा जुरने संकेत छ । सन्तान र परिवारसँग समय बिताउँदा मन प्रसन्न हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट