Techie IT
२०८२ वैशाख ६, शनिबार

आजको राशिफल (फाल्गुन २०)


आज विक्रम संवत २०८१ साल फाल्गुन २० गते, मंगलबार । फागुन शुक्ल पक्षको पञ्चमी तिथि। ईश्वी सन् २०२५ मार्च ४ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५ मिनेट । रैवारप्रेसका लागि आजका लागि ज्योतिष पण्डित जनेश्वर जोशिले तयार गरिएको राशिफल हेरौँ ।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
अध्यानमा सुधार हुने समय छ र तपाईले अरुलाई पछाडि पार्दै अग्र पंक्तिमा आउन सक्नुहुन्छ । मेहेनत गर्दा आटेको काम सफल हुनेछन् र जुझारु कार्यशैलीले लक्ष्य पुरा गर्नमा मद्दत पुर्याउनेछ । व्यवसायमा फस्टाउने योग रहेको छ र आम्दानीमा वृद्धि हुनेछ । परिवारसँग रमाइलो समय बिताउने अवसर पनि हुनेछ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
विदेशी सामानको व्यापारमा लाभ हुने संभावना छ । स्वास्थ्य र औषधिजन्य व्यापारमा पनि सफलता मिल्नेछ । काम वा अध्ययनको क्षेत्रको लागि लामो यात्रा गर्नुपर्ने हुन सक्छ । आर्थिक क्षेत्रमा लगानी गरेर राम्रो आम्दानी गर्न सकिनेछ । माया प्रेममा चुनौती आइलाग्न सक्छ, सचेत रहनुहोस् ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
व्यवसायमा लगानी गरेर भविष्यमा फाइदा लिन सकिन्छ। आर्थिक अभावले रोकिएका कामहरू तीव्र गतिमा अघि बढ्नेछन्। बैक र वित्तीय क्षेत्रमा मनग्गे आम्दानीको योग छ। प्रेममा नजिक हुने समय छ र जीवनसाथीसँग आत्मीयता बढ्नेछ।

कर्कट (हि,हु,हे,हो,डा,डी,डु,डे,डो)
परिवारसँग रमाइलो यात्रा गर्ने अवसर हुनेछ । काम गर्ने जोश र आत्मबल बढ्नेछ । मान्यजनको सहयोगले सफलता मिल्नेछ । नयाँ कामबाट राम्रै लाभ हुनेछ र रोजगारीको खोजिमा तपाईले अवसर पाउन सक्नुहुन्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
व्यवसाय सम्बन्धी लामो यात्रा हुनेछ । धार्मिक र शैक्षिक क्षेत्रका प्रयास सफल हुनेछन् । प्रेम प्रसंगमा रमाउन चाहनेहरूको लागि समय अनुकूल हुनेछ । खोज र अनुसन्धानमा स्वस्फूर्त प्रगति हुनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
नसोचेको धन प्राप्ति हुनेछ र आफन्तका सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । मिष्ठान्न भोजनको अवसर पनि आउनेछ । लेखन र साहित्य क्षेत्रमा सफलता मिल्नेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
बौद्धिक र विवेक प्रयोग गरेर मनग्गे आम्दानी गर्न सकिन्छ । प्रेम सम्बन्धमा खुला रहनुहोस् र दाम्पत्य जीवन सुदृढ हुनेछ । साझेदारी व्यवसायबाट धन लाभ हुनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
मुद्दाहरू तपाईंको पक्षमा निर्णय हुनेछन् । पढाइमा राम्रो परिणाम आउनेछ । व्यापारमा आर्थिक लाभ हुनेछ । पुराना ऋण र समस्याहरू समाधान हुनेछन् । प्रेम सम्बन्धमा समय अनुकूल रहनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे)
चुनौतीहरूको सामना गर्न सकिनेछ र बौद्धिक प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । मनपर्ने व्यक्तिबाट उपहार प्राप्त हुने योग छ । बैक र वित्तीय क्षेत्रमा लाभ हुनेछ । सन्तानको सहयोगले राम्रो काम गर्न सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी)
आफन्त र सहयोगीहरूबाट समर्थन पाइनेछ। घर र सवारी साधन जोड्न सकिनेछ। कृषि र पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ। जीवनसाथीको सहयोगले थप प्रगति गर्न सकिन्छ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
शेयर बजार र उद्योगमा लगानी गरेर फाइदा लिन सकिन्छ । शिक्षा र लेखाइमा राम्रो नतिजा प्राप्त हुनेछ । विवाद र न्यायिक निर्णय तपाईँको पक्षमा हुनेछन् ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची)
साथी र परिवारको सहयोगले प्रतिष्ठित काम गर्ने अवसर हुनेछ । प्राविधिक शिक्षामा सफलता मिल्नेछ । प्रेममा समय राम्रो रहेको छ । धार्मिक कार्यमा संलग्न भएर दिनको सुरुवात गर्दा सुमधुर वातावरण बनेको अनुभव हुनेछ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट