आजको राशिफल (फागुन १५)

आज विक्रम संवत २०८१ साल फाल्गुन १५ गते, बिहीबार । ईश्वी सन् २०२५ फेव्रुवरी २७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २ मिनेट । दिनमान २८ घडी ४४ पला । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफल:-
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनपरेको व्यक्तिबाट विशेष उपहार प्राप्त हुने सम्भावना छ । पारिवारिक सदस्य तथा अग्रजबाट आवश्यक सहयोग र सल्लाह पाइनेछ जसले भविष्यको योजना बनाउन सहज हुनेछ । आर्थिक रूपमा सुदृढ हुने समय रहेको छ । व्यापार तथा शेयरबजारमा लगानी गर्दा राम्रो फाइदा लिन सकिनेछ । शिक्षा तथा प्रतियोगितामा भनेजस्तो सफलता हात लाग्नेछ । प्रणय सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम जीवन विवाहमा परिणत गर्ने योजना सफल हुने संकेत देखिन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यापार, उद्योग तथा वित्तीय कारोबारबाट राम्रो फाइदा हुने समय आएको छ । अलि कम मेहनत गरे पनि आम्दानी बढ्नेछ । पढाइ लेखाइमा ध्यान जाने भएकाले उत्कृष्ट नतिजा प्राप्त गर्न सकिनेछ । कला, संगीत तथा मोडलिङ क्षेत्रका व्यक्तिहरूका लागि सफलता हात लाग्ने समय हो । राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहनेहरूले सम्मान र प्रतिष्ठा कमाउन सक्नेछन् । नयाँ अवसर प्राप्त हुने सम्भावना रहेको छ । जागिरको खोजीमा हुनुहुन्छ भने इच्छित स्थानमा अवसर पाउने सम्भावना छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
घर परिवार तथा आफन्तसँग विभिन्न कारणले असमझदारी सिर्जना हुन सक्छ । बाहिरी वातावरणमा सचेत रहनुहोला, स्वास्थ्यमा समस्या देखिन सक्छ । प्रेम सम्बन्धमा विवाद सिर्जना हुन सक्छ । नाफामूलक व्यवसाय भन्दा सेवामूलक क्षेत्रमा सफलता प्राप्त हुने संकेत देखिन्छ । धर्म, संस्कृति तथा सामाजिक क्रियाकलापमा बढी समय बित्नेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा गर्नुपर्ने हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनावश्यक विवादमा फस्ने सम्भावना रहेकाले वाणीमा संयम अपनाउनुहोला। सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोस् किनभने दुर्घटनाको जोखिम देखिन्छ । स्वास्थ्य समस्याले दैनिक कार्य प्रभावित हुने । आर्थिक अभाव महसुस हुन सक्छ। पढाइ लेखाइमा समय दिन नसक्दा प्रतिस्पर्धामा पछि पर्ने सम्भावना छ । दिदी बहिनी तथा आफन्तहरूसँग सामान्य विषयमा मनमुटाव बढ्ने संकेत देखिन्छ । प्रेम सम्बन्धमा गोप्य कुराहरू मनमा राख्न नसक्दा विवाद बढ्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको चाप र थकाइबाट मुक्त भएर आरामदायी समय बिताउने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरू तथा साथीभाइको सहयोगले नयाँ आशा पलाउनेछ । प्रेम सम्बन्धमा प्रगति हुनेछ, दाम्पत्य जीवन सुखमय रहनेछ । व्यापार, शेयरबजार तथा वित्तीय लगानीबाट राम्रो आम्दानी हुने देखिन्छ । सम्मानित अतिथिका रूपमा निमन्त्रणा प्राप्त गर्न सकिनेछ । जीवनसाथीको साथमा रमाइलो यात्राको अवसर प्राप्त हुनेछ जसले मानसिक ताजगी प्रदान गर्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिस्पर्धात्मक क्रियाकलापमा विजय हासिल हुनेछ । पुराना समस्याहरू समाधान हुँदै जानेछन् । आर्थिक पक्ष सुधार गर्न गरिएको प्रयासहरू सफल हुनेछ । व्यापार, उद्योग तथा शेयरबजारमा गरिएको लगानी लाभदायक रहनेछ । पढाइ लेखाइमा राम्रो परिणाम आउनेछ । माया प्रेममा गहिरो समझदारी बढ्नेछ, जीवनसाथीसँग रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सन्तान तथा परिवारका सदस्यहरूले तपाईंको योजनामा साथ नदिने सम्भावना छ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या उत्पन्न हुनसक्छ । प्रेम सम्बन्धमा धोका हुन सक्ने सम्भावना छ । पारिवारिक मनमुटाव बढ्ने संकेत देखिन्छ । व्यापार व्यवसाय खस्कने जोखिम देखिएकाले लगानी गर्दा विशेष ध्यान दिनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घर परिवारका सदस्यहरू तथा नजिकका आफन्तहरूमा स्वास्थ्य समस्या देखा पर्ने सम्भावना छ । विशेष गरी आमाको स्वास्थ्यमा समस्या देखिन सक्छ । प्रणय सम्बन्धमा सामान्य असमझदारी उत्पन्न हुन सक्छ । सम्पत्तिसम्बन्धी विवाद उत्पन्न हुने सम्भावना रहेकाले सजग रहनुहोला । पढाइ लेखाइमा खासै ध्यान केन्द्रित गर्न नसक्दा प्रतिस्पर्धामा पछि पर्ने सम्भावना छ । कृषि तथा पशुपालन व्यवसायमा संलग्नहरूका लागि भने लाभदायक समय रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
प्रेम सम्बन्धमा सुधार आउनेछ । शेयर बजार तथा लगानीका अन्य क्षेत्रहरूमा नाफा कमाउने अवसर प्राप्त हुनेछ । दाजुभाइ तथा परिवारको सहयोगले महत्वपूर्ण कार्यहरू सम्पन्न गर्न सकिनेछ । विवादित विषयहरू तपाईंको पक्षमा आउनेछन् । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
बोल्दा विचार गर्नुपर्ने समय छ । आफन्त तथा मित्रहरूसँग असमझदारी बढ्न सक्छ । आर्थिक कारोबार गर्दा विशेष सतर्कता अपनाउनुहोस् । प्रेम सम्बन्धमा शंका बढ्न सक्छ जसले सम्बन्धलाई कमजोर बनाउन सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पढाइ लेखाइमा राम्रो प्रगति हुनेछ । व्यापार, उद्योग तथा वित्तीय कारोबारबाट राम्रो आम्दानी हुनेछ । घर परिवारमा कुनै सुखद समाचार प्राप्त हुने सम्भावना छ । सामाजिक काममा सक्रियता बढ्नेछ, प्रतिष्ठा बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
आर्थिक पक्ष कमजोर रहने सम्भावना छ जसले केही महत्त्वपूर्ण कामहरू रोक्न बाध्य बनाउनेछ । प्रेम सम्बन्धमा विश्वासको कमीले समस्या आउन सक्छ । स्वास्थ्यमा मध्यम समय रहेको छ । विदेशमा अध्ययन तथा काम गर्नेहरूका लागि भने समय फलदायी रहने संकेत देखिन्छ । काम वा अध्ययनको सिलसिलामा लामो दूरीको यात्रा गर्नुपर्ने हुन सक्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस