Techie IT
२०८२ वैशाख ६, शनिबार

आजको राशिफल (फाल्गुन १३ गते)


आज विक्रम संवत २०८१ साल फाल्गुन १३ गते, मंगलबार । कृष्ण पक्षको द्वादशी तिथि। ईश्वी सन् २०२५ फेव्रुवरी २५ तारिख । नेपाल संवत् ११४५ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ० मिनेट । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफलः 

मेष (चु चे चो ला लि लु ले लो अ)
सकारात्मक सोचले नयाँ अवसर दिलाउनेछ । प्रविधिको प्रयोगले काम सजिलो हुनेछ । व्यापार र शेयर बजारबाट आम्दानी बढ्नेछ । काम खोज्नेले नयाँ अवसर पाउनेछन् भने जागिरेले बढुवाको सम्भावना छ । प्रेममा नजिकिन सकिनेछ र पारिवारिक सहयोगले मन प्रशन्न रहनेछ ।

वृष (इ ऊ ए ओ वा वि वु वे वो)
जिम्मेवारी सफलतापूर्वक पूरा गरी नाम र दाम कमाउन सकिनेछ । साथीभाइसँग रमाइलो समय बित्नेछ । पढाइमा प्रगति हुनेछ र प्रतिस्पर्धामा अग्रस्थानमा पुग्न सकिनेछ । सरकारी कामबाट सम्मान मिल्ने योग रहेको छ । यात्राबाट नयाँ अनुभव र लाभ हुने सम्भावना छ ।

मिथुन (का कि कु घ ङ छ के को हा)
समय मध्यम छ । काममा ढिलाइ र आर्थिक दबाबको सामना गर्नुपर्ला । सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । पारिवारिक कलहको सम्भावना रहेकोले बोल्दा विचार गर्नुहोस् । प्रेममा अविश्वास देखिन सक्छ र गोप्य कुरा बाहिरिएर समस्या आउन सक्छ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)
व्यापार र शेयर बजारबाट लाभ मिल्नेछ । पढाइमा सफलता प्राप्त हुनेछ र अग्रजको सल्लाह उपयोगी बन्नेछ । परिवारसँग रमाइलो यात्रा हुन सक्छ र स्वादिष्ट भोजनको आनन्द लिइनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ र सामाजिक सञ्जालमार्फत विचार अभिव्यक्त गर्दा राम्रो प्रतिक्रिया पाइनेछ ।

सिंह (मा मि मु मे मो टा टि टु टे)
व्यवसायमा लगानी बढाउन सकिनेछ जसले आम्दानीमा वृद्धि ल्याउनेछ । पुराना रोग र समस्या हट्नेछन् । पढाइमा अग्रस्थान प्राप्त हुनेछ र सरकारी वा कानुनी मामिलामा सफलता मिल्नेछ । माया प्रेममा रमाइलो समय बित्नेछ र पारिवारिक सम्बन्ध सुदृढ रहनेछ ।

कन्या (टो पा पि पु ष ण ठ पे पो)
उपहार वा चिठ्ठा जित्ने सम्भावना रहेको छ । शिक्षा र व्यापारबाट फाइदा मिल्नेछ । परिवारमा नयाँ सदस्यको आगमनको सम्भावना छ र सन्तानको प्रगति देख्दा हर्षित भइनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ र आर्थिक स्थिति मजबुत बन्नेछ ।

तुला (रा रि रु रे रो ता ति तु ते)
भौतिक सम्पत्तिमा ह्रास आउने संकेत छ । आमा वा आफन्तसँग सानो विवाद हुन सक्छ । अध्ययनमा मन नलाग्न सक्छ र काममा ढिलासुस्ती देखापर्ला । राजनीतिक वा सामाजिक क्षेत्रमा संघर्ष बढ्न सक्छ तर कृषि र सवारी साधनको व्यापारबाट लाभ लिन सकिनेछ ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)
समय सदुपयोग गर्दा भाग्य चम्किनेछ र गुमेको साख फर्किनेछ । दाजुभाइ र आफन्तको सहयोगले काम सजिलो हुनेछ । व्यापार र लगानीबाट मनग्गे आम्दानी हुनेछ र छोटो तर रमाइलो यात्रा हुन सक्छ । सामाजिक क्षेत्रमा राम्रो छवि बन्नेछ ।

धनु (ये यो भा भि भू ध फा ढा भे)
प्रतिस्पर्धामा सफलता मिल्नेछ र ज्ञानको विकास हुनेछ । प्रेम सम्बन्ध सुदृढ बन्नेछ । साथीभाइसँग रमाइलो समय बिताइनेछ र स्वादिष्ट भोजनको आनन्द लिइनेछ । पर्यटन तथा खाद्यान्न व्यापारबाट लाभ मिल्नेछ र सांगीतिक क्षेत्रमा चासो बढ्नेछ ।

मकर (भो जा जि जु जे जो ख खि खु खे खो गा गी)
सबैको सहयोग पाइने हुँदा काम सहज हुनेछ । व्यापार र वित्तीय क्षेत्रमा लगानीबाट फाइदा हुनेछ । विद्यार्थीलाई राम्रो नतिजा प्राप्त हुनेछ र मेहनतको फल पाइनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ र परिवारसँग रमाइलो यात्रा तय हुन सक्छ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)
काम गर्दा सजग बन्नुहोस् नत्र जरिवाना भोग्नुपर्ला । आर्थिक क्षेत्रमा केही दबाब देखापर्ला र लगानीमा सोच विचार आवश्यक हुनेछ । प्रेममा टाढिन सकिने सम्भावना छ तर विदेशी व्यापारमा सफलता मिल्नेछ र लामो दूरीको यात्रा हुन सक्छ ।

मीन (दि दु थ झ ञ दे दो चा ची)
आम्दानी बढ्नेछ र आर्थिक पक्ष बलियो बन्नेछ । बोलीमा ध्यान नदिँदा विवाद निम्तिन सक्छ । गणेशको पूजा गरी कामको सुरुवात गर्दा दिन शुभ हुनेछ । पैत्रिक सम्पत्तिबाट फाइदा मिल्नेछ र परिवारसँग मिष्ठान्न भोजन गर्दै रमाइलो समय बिताइनेछ  ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट