Techie IT
२०८२ वैशाख ६, शनिबार

आजको राशिफल (फाल्गुन ११ गते)


आज विक्रम संवत २०८१ साल फाल्गुन ११ गते, आइतबार । ईश्वी सन् २०२५ फेव्रुवरी २३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५८ मिनेट । दिनमान २८ घडी २४ पला । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयारपार्नुभएको आजको राशिफल हेर्नुहोस;-

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ):
आज धार्मिक र आध्यात्मिक कार्यमा चासो बढ्नेछ । शिक्षा र खोजीमा रुचि बढ्नेछ र गुरु तथा आफन्तको सहयोगले हौसला प्राप्त हुनेछ । प्रेम र माया सम्बन्धमा रमाउने समय छ । व्यापार र उद्योगमा लगानीबाट लाभ हुने सम्भावना छ । घरायसी समस्याहरू हुन सक्छन् । आजको प्रयास गर्दा केही बाधाहरू आउन सक्छ । शुभकर्म अघि नवग्रहलाई स्मरण गर्नुहोस् ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):
कामको दबाब बढ्नेछ, तर आम्दानीमा कमी हुने देखिन्छ । स्वास्थ्य समस्याले समय र खर्च बढाउनेछ । प्रेममा अविश्वास बढ्ने सम्भावना छ । अध्यायनमा ध्यान दिनु पर्दा अवसरहरू गुम्न सक्छ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा):
व्यापार र व्यापार यात्रा सुफल हुनेछ । लगानीले मनग्गे लाभ ल्याउनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागि राम्रो समय छ । सामाजिक कार्यमा सम्मान पाइनेछ । व्यापारमा फाइदा हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):
स्वास्थ्य समस्याले दौडधुपबाट बच्न राम्रो हुनेछ । परिवारसँग विवाद हुने सम्भावना छ । कार्यमा ढिलाइ र बैरभाव हुन सक्छ । न्यायिक निर्णयहरू अनुकूल नहुन सक्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):
मेहनतले उत्कृष्ट अवसर ल्याउनेछ । पढाइमा राम्रो नतिजा आउनेछ । सन्तानको प्रगति र व्यापारबाट आम्दानी हुनेछ । जीवनसाथीको सहयोगले काम सिध्याउनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो):
स्वास्थ्यमा समस्या आउने । काममा बाधा हुन सक्छ। लामो यात्रा गर्दा मनमुटाव बढ्नेछ। कृषि क्षेत्रमा लगानी फस्टाएर जानेछ।

तुला (रा,री,रु,रे,रो,ता,ति,तु,ते):
यात्रामा समस्या उत्पन्न हुन सक्छ । व्यवसायिक यात्रा हुने भएपनि लाभ कम हुनेछ । परिवार र प्रेममा विवाद आउन सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोस् ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु):
व्यापार र उद्योगमा लगानी फस्टाएर जानेछ । पारिवारिक सुख र रमाइलोका अवसरहरू प्राप्त हुनेछन् । समाजसेवामा नाम कमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे):
राजनीति र समाजसेवामा सफलता मिल्नेछ । व्यापारमा वृद्धि हुनेछ र प्रेममा भावना साटासाट गर्ने अवसर मिल्नेछ । शिक्षा र ज्ञानमा मन जानेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी):
स्वदेशी सामानको व्यापारमा कमी आउनेछ भने विदेशी सामानको व्यापार वृद्धि हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। प्रेममा मनमुटाव बढ्न सक्छ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा):
सामाजिक र राजनीतिक कार्यमा समय दिन सकिनेछ । कृषि र पशुपालन क्षेत्रमा आम्दानी वृद्धि हुनेछ। पारिवारिक वातावरण रमाइलो रहनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची):
व्यापारमा नाफा कमाउने अवसर छ । नोकरीमा विवाद हुने सम्भावना छ । राजनीति र समाजसेवामा आलोचनाको सामना गर्नु पर्नेछ । प्रेममा शंका उत्पन्न हुने सम्भावना छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट