Techie IT
२०८२ वैशाख १६, मंगलबार

जापानका सबैभन्दा वृद्ध व्यक्तिको ११५ वर्षको उमेरमा निधन


जापानको सबैभन्दा वृद्ध जीवित व्यक्तिका रूपमा चिनिएकी ११५ वर्षीया ओकागी हयाशीको हृदयघातका कारण निधन भएको छ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले हयाशीको हृदयघातका कारण मृत्यु भएको सोमबार पुष्टि गरेको हो ।

सेप्टेम्बर १९०९ मा जन्मिएकी हयाशीको २६ अप्रिल (शनिबार) गिफु प्रान्तको आफ्नो गृहनगर टोकीको एक अस्पतालमा निधन भएको हो ।

गत वर्षको डिसेम्बरमा ११६ वर्षको उमेरमा ह्योगो प्रान्तको आसिया शहरकी एक महिलाको निधन भएपछि उहाँ देशकै सबैभन्दा वृद्ध व्यक्ति बन्नुभएको थियो ।

हयासीको मृत्युसँगै अब जापानको सबैभन्दा वृद्ध व्यक्ति आइची प्रान्तको कोटाकी ११४ वर्षीया माइन कोन्डो बन्नुभएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट