बेलायतमा १५ वर्षीय किशोरद्वारा साथीको हत्या स्वीकार

बेलायतको एक विद्यालयमा छुरा प्रहार गरी एक किशोरको हत्या गरेको अभियोगमा १५ वर्षीय एक किशोरले सोमबार अपराध स्वीकार गरेका छन् ।
बेलायतमा चक्कु प्रहारबाट भएको पछिल्लो घटनामा १५ बर्षीय किशोरको संलग्नता पुष्टि भएको हो । उमेरका कारण नाम उल्लेख गर्न नसकिएका ती किशोरले १५ वर्षीय हार्वे विलगोजको हत्या स्वीकार गरे पनि उत्तरी शहर शेफिल्डमा रहेको अदालतमा भएको सुनुवाइमा उनले हत्या अस्वीकार गरेका छन् ।
गत फेब्रुअरी ३ मा शहरको अल सेन्ट क्याथोलिक हाइस्कूलको प्राङ्गणमा छुरा प्रहारबाट विल्गोजको मृत्यु भएको थियो । एक न्यायाधीशले उक्त किशोरलाई जुन ३० मा मुद्दामाथि उनको उपस्थितिमा सुनुवाई नहुँदासम्म हिरासतमा राख्न आदेश दिएका छन् ।
यो आक्रमण युवाको संलग्नतामा घातक छुरा प्रहारको शृङ्खलामध्ये एक हो। प्रधानमन्त्री केइर स्टार्मरले चक्कु अपराधलाई ‘राष्ट्रिय सङ्कट’ भन्नुभएको छ ।
“हाम्रो सुन्दर छोरा हार्वे गुजको निधनले हामी अत्यन्त मर्माहत भएका छौँ,” छोराको मृत्युपछि विद्यालयको भ्रमणपछि परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बेलायत सरकारले चक्कु अपराध कम गर्ने उद्देश्यले विभिन्न पहलको घोषणा गरेको छ । आठ इन्च (२० सेन्टिमिटर) भन्दा बढी को ब्लेड भएको ‘जोम्बी’ शैलीका हतियारहरू राख्न गत सेप्टेम्बरदेखि प्रतिबन्ध लागू भएको थियो।
करिब १४ देखि २४ इन्चको लामो सिधा ब्लेड र तीखो चुच्चोसहितको हतियार ( निन्जा तरवारलाई लक्षित गरी ) अर्को प्रतिबन्ध अगस्ट १ देखि लागू हुनेछ । सरकारले जोखिमजन्य अपराध सामग्री (चक्कु) को उत्पादन गर्ने फर्महरूमाथि कडा प्रतिबन्धहरू ल्याउने बताएको छ।
गृह मन्त्रालयले भनेको छ कि यदि फर्महरूले प्रहरी चेतावनीको ४८ घण्टाभित्र त्यस्ता सामग्रीहरू हटाउन असफल भएमा ६० हजार पाउन्ड ( ८० हजार अमेरिकी डलर) सम्म जरिवानाको सामना गर्नुपर्नेछ ।
सन् २०११ देखि इङ्ल्यान्ड र वेल्समा चक्कुको अपराध निरन्तर बढिरहेको सरकारी तथ्याङ्कले देखाएको छ । सन् २०२४ को मार्चसम्ममा इङ्ल्यान्ड र वेल्समा चक्कु वा धारिलो हतियार प्रयोग गरी २६२ जनाको हत्या भएको बेन किन्सेला ट्रस्टले जनाएको छ ।
हत्या गरिएकामध्ये ५७ जना २५ वर्षभन्दा कम उमेरका किशोरकिशोरी थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस