Techie IT
२०८२ वैशाख १०, बुधबार

हनिमुन मनाउन गएका नौसेना अफिसरको कश्मीर आक्रमणमा मृत्यु


भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवालको कश्मीरको पहलगाममा मंगलबार राति भएको आतङ्कवादी हमलामा मृत्यु भएको छ । नरवालको विवाह अप्रिल १६ मा भएको थियो र उनी हनिमुनका लागि श्रीमतीसँग कश्मीर गएका थिए।

हरियाणाको कर्नाल निवासी नरवाल कोच्चीमा पोस्टेड थिए र बी.टेकपछि नौसेनामा भर्ना भएका थिए । उनका हजुरबुबा अनुसार विहेपछि विनय स्विट्जरल्याण्ड जान भिसा नपाएपछि कश्मीरको ‘मिनी स्विट्जरल्याण्ड’ भनिने बैसरन उपत्यका रोजिएको थियो।

यो आक्रमणमा दुई विदेशीसहित २६ जनाको मृत्यु भएको पुष्टि भएको छ । विनयकी श्रीमती हिमाङ्शी घटनास्थलमा सुरक्षित रहे पनि मानसिक रूपमा गहिरो आघातमा छिन् ।

भारतीय नौसेनाले उनलाई ‘कायरतापूर्ण आक्रमणको शिकार बनेका वीर सैनिक’ को रूपमा स्मरण गरेको छ भने उनका परिवार, छिमेकी र राजनीतिज्ञहरूले दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी भ्रमण स्थगन गरी भारत फर्केर सुरक्षा अवस्था समीक्षा गर्दै दोषीहरूलाई नछोडिने चेतावनी दिएका छन् । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यसलाई हालसम्मकै गम्भीर नागरिक लक्षित आक्रमणको रूपमा वर्णन गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट