Techie IT
२०८२ वैशाख ८, सोमबार

इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा २५ जनाको मृत्यु


गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार बिहानदेखि भएका इजरायली हवाई आक्रमणमा परी गाजा पट्टीमा कम्तीमा २५ जनाको ज्यान गएको छ, जसमा महिला र बालबालिका पनि परेका छन् ।

इजरायलले मार्च १८ देखि गाजामा फेरि हवाई र स्थल आक्रमण सुरु गरेको हो । त्यसअघि दुई महिनासम्म युद्धविराम कायम थियो । नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बास्सालले एएफपीलाई भने, “आज बिहानदेखि भएका आक्रमणमा २० जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन्, जसमा महिला र बालबालिका छन् ।” यसपछि निकायले अर्को वक्तव्य जारी गर्दै राफाहको पूर्वी क्षेत्रमा सर्वसाधारणको समूहमाथि ड्रोन आक्रमण हुँदा थप पाँच जनाको मृत्यु भएको जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले शनिबार युद्ध जारी राख्ने प्रतिबद्धता जनाउँदै बाँकी बन्धकहरूलाई उद्धार गर्ने बताएका छन् । “हामी युद्धको निर्णायक चरणमा छौं, अहिले धैर्य र दृढता आवश्यक छ,”  उनले भने ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले आक्रमण पुनः सुरु गरेदेखि अहिलेसम्म गाजामा कम्तीमा एक हजार ८२७ जनाको ज्यान गएको छ । अहिलेसम्मको युद्धमा गाजामा कुल ५१ हजार २०१ जनाको मृत्यु भइसकेको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले विश्वसनीय मानेको छ । 

यो युद्ध अक्टोबर सन् २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको थियो। उक्त आक्रमणमा एक हजार २१८ जना इजरायली नागरिकको ज्यान गएको थियो । त्यतिबेला २५१ जना अपहरणमा परेका थिए, जसमा हालसम्म ५८ जना गाजामा बन्दी छन् भने ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट