Techie IT
२०८२ वैशाख ७, आइतबार

पाकिस्तानी प्रहरीद्वारा केएफसी हमलामा संलग्न १६० जना पक्राउ


पाकिस्तानमा भिडले केएफसी रेस्टुरेन्टमा २० वटा छुट्टै आक्रमण गरेपछि करिब एक सय ६० जनालाई पक्राउ गरिएको र एकजना कर्मचारीको गोली हानी हत्या गरिएको सरकारले शनिबार बताएको छ ।

अमेरिकी–स्थापित फास्ट फुड चेन केएफसी गाजामा युद्ध सुरु भएदेखि नै इस्लामवादी दलहरूले गरेको विरोध र बहिष्कार आह्वानको तारो बनेको छ , जसले ब्रान्डलाई इजरायलका लागि अमेरिकी समर्थनसँग जोडेको छ ।

भिडले यस महिना केएफसी बाहिर बारम्बार विरोध प्रदर्शन गरेको छ, झ्यालहरू तोडेको छ, आगो लगाएको छ र कर्मचारीहरूलाई धम्की दिएको छ ।

‘केएफसी आक्रमणमा परेको’ वर्णन गर्दै उप गृहमन्त्री तलाल चौधरीले शनिबार एक पत्रकार सम्मेलनमा भन्नुभयो, “पाकिस्तानभर कुल २० घटना भए, एक व्यक्तिको मृत्यु भएको छ । ती व्यक्ति केएफसीका कर्मचारी थिए ।”

केएफसीका कर्मचारीको आइतबार पञ्जाब प्रान्तको राजधानी लाहोरको बाहिरी इलाकामा रहेको एक शाखामा गोली हानेर हत्या गरिएको थियो ।

एक प्रहरी अधिकारीले गोली हानाहानको उद्देश्य के थियो वा यो हालैको विरोध प्रदर्शनसँग जोडिएको छ कि छैन भन्ने स्पष्ट नभएको बताए । आक्रमणका क्रममा पन्जाब प्रान्तमा एक सय ४५ जना र राष्ट्रिय राजधानी इस्लामाबादमा १५ जनालाई पक्राउ गरिएको चौधरीले बताएका छन् । “यी रेस्टुरेन्टहरूले सबै कुरा स्थानीय स्तरमा प्राप्त गर्छन् र पाकिस्तानी कर्मचारीहरूलाई रोजगारी दिन्छन्, र तिनीहरूको कमाइ देशभित्रै रहन्छ”, उनले भने ।

केएफसी र यसको मुख्य कम्पनी यम! ब्रान्ड्सले टिप्पणीका लागि अनुरोधहरूको जवाफ दिएको छैन । पाकिस्तान–प्रशासित काश्मीर क्षेत्रमा गत वर्ष मार्चमा प्रदर्शनकारीहरूले ‘फ्रि प्यालेस्टाइन’ को नारा लगाउँदै एक केएफसी रेस्टुरेन्टमा आगो लगाएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट