Techie IT
२०८१ चैत्र ३१, आइतबार

अमेरिकासँगको वार्तालाई ‘अर्को हप्ता’ पनि जारी राखिने : इरानी विदेश मन्त्रालय


इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता ‘अर्को हप्ता’ पनि जारी राख्ने बताएको छ । ओमानमा शनिबार साढे दुई घण्टाभन्दा बढी अप्रत्यक्ष वार्तापछि इरानले वार्ता जारी राख्ने बताएको हो ।

इरानको विदेश मन्त्रालयले भनेको छ, “दुवै पक्ष अर्को हप्ता यी वार्तालाई निरन्तरता दिन सहमत भएका छन् ।” विदेशमन्त्री अब्बास अराघची र अमेरिकी विशेष दूत स्टिभ विटकोफले मध्यस्थताको छलफलपछि ‘केही मिनेट’ प्रत्यक्ष कुराकानी गरेका थिए ।

यसैबीच, मस्कटबाट प्राप्त समाचार अनुसार अमेरिका र इरानबीच मस्कटमा शनिबार भएको वार्ताको मध्यस्थता गरेका ओमानका उच्च कूटनीतिज्ञले ती वार्ताहरू ‘मैत्रीपूर्ण वातावरण’ मा सम्पन्न भएको र ‘निष्पक्ष र बाध्यकारी सम्झौता’ को खोजी सुरु गरेको बताएका छन्।

“मस्कटमा आज हामीले इरानी विदेशमन्त्री डा सैय्यद अब्बास अराघची र अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकोफलाई स्वागत गर्यौं र निष्पक्ष र बाध्यकारी सम्झौता सम्पन्न गर्ने साझा उद्देश्यका साथ वार्ता र वार्ताको अन्य प्रक्रिया सुरु गर्न मध्यस्थता गर्यौं।

मैत्रीपूर्ण वातावरणमा भएको यो सम्बन्धका लागि म मेरा दुई सहकर्मीलाई धन्यवाद दिन चाहन्छु,” विदेशमन्त्री बद्र अल्बुसैदीले एक्समा पोस्ट गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट