Techie IT
२०८१ फागुन २६, सोमबार

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा तीन ‘आप्रबासी’कोे गोली हानी हत्या


पाकिस्तानको दक्षिणपश्चिमी प्रान्तमा बन्दुकधारीले तीन ‘आप्रवासी’ हजामको गोली हानी हत्या गरेको प्रहरीले सोमबार जनाएको छ ।

बलुचिस्तानमा देशका अन्य भागबाट आएका मजदुरहरूमाथि आक्रमण बढेको छ र लडाकूहरूले उनीहरूलाई यस क्षेत्रबाट लाभ उठाएको आरोप लगाउने गरेका छन् ।

अफगानिस्तान र इरानसँग सीमा जोडिएको सो प्रान्तमा लडाकूहरूले सेनालाई सूचना दिएको आरोप लगाएका आप्रवासी हेयरड्रेसरहरूलाई बारम्बार निशाना बनाइएको छ।

पन्जगुर जिल्लाका एक प्रहरी अधिकारी मोहम्मद जैदले एएफपीसँग भने, “सिन्धका तीन हजामले ज्यान गुमाएका छन् ।”

प्रहरीका अनुसार आइतबार साँझ मोटरसाइकलमा आएका बन्दुकधारीले सैलुन पसलमा पसेर गोली चलाएका थिए ।

यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

पृथकतावादी बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) यस क्षेत्रको सबैभन्दा सक्रिय समूह हो, जसले बाहिरी व्यक्तिहरूलाई यसको समृद्ध स्रोतहरूको दोहन गरेको आरोप लगाउदै आक्रमणहरू गर्ने गरेको छ ।

गत फेब्रुअरीमा लडाकूहरूले एक बस रोकेर सात जना पञ्जाबी मजदुरहरूलाई मृत्युदण्ड दिएका थिए।

गत वर्षको अप्रिलमा नौश्की शहरमा बसबाट अपहरणमा परेका ११ जना पञ्जाबी मजदुरको पनि मृत्यु भएको थियो भने सोही वर्षको मे महिनामा छ जना पञ्जाबी हजामलाई गोली हानी हत्या गरिएको थियो ।

बलुचिस्तानको बोलन जिल्लाका प्रहरी अधिकारी सैयद दिलावरका अनुसार आइतबार भएको अर्को घटनामा पाकिस्तानी सेनाका दुई सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

लडाकूहरू पहाडमा लुकेर बसेको सूचना पाएपछि सैनिकहरूले सुरक्षा कारबाही चलाएको र घन्टौँसम्म भएको गोली हानाहानमा दुई सैनिकको मृत्यु भएको थियो ।

स्थानीय प्रहरी अधिकारी फजल वकारका अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वाको कोहाट जिल्लामा सोमबार बिहान आतङ्ककारीले दुई प्रहरी अधिकारीको पनि गोली हानी हत्या गरेका छन् ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट