Techie IT
२०८२ वैशाख ९, मंगलबार

साउदी अरेबियामा अर्को हप्ता युक्रेन–अमेरिका वार्ता हुने


साउदी अरेबियाले शुक्रबार युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलबीचको पश्चिमी बन्दरगाह सहर जेद्दाहमा अर्को हप्ता बैठक हुने पुष्टि गरेको छ । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा साउदी विदेश मन्त्रालयले आगामी बैठकको मिति र विषयवस्तु निर्दिष्ट नगरी युक्रेनी सङ्कट अन्त्य गर्न तथा दिगो शान्ति प्राप्त गर्न राज्यको निरन्तर प्रयास उल्लेख गरेको छ ।

यसअघि शुक्रबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै किभमा रहेको युएनएन समाचार एजेन्सीले युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलले अर्को हप्ता साउदी अरेबियामा शान्ति वार्ताका लागि भेट्ने अपेक्षा गरेको बताएको थियो ।

“सोमबार, म युवराज (मोहम्मद बिन सलमान) सँग भेट्न साउदी अरेबियाको यात्रा गर्नेछु । त्यसपछि, मेरो टोली हाम्रा अमेरिकी साझेदारहरूसँग वार्ता गर्न साउदी अरेबियामा रहनेछ,” जेलेन्स्कीले बताए ।

उनले शान्ति कायम गर्न र द्वन्द्व समाधानका लागि काम गर्न कीभ प्रतिबद्ध रहेको बताएका छन् । उनले शान्तिको लागि अमेरिका र युरोपेली साझेदारहरूसँग समन्वय गर्न युक्रेनको तत्परता व्यक्त गरे ।

बिहीबार, मध्य पूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफले सम्भावित शान्ति सम्झौताको बारेमा छलफल गर्न मार्च ११ मा साउदी अरेबियामा युक्रेनी प्रतिनिधिमण्डललाई भेट्ने पत्रकारहरूलाई बताएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट