Techie IT
२०८२ वैशाख ९, मंगलबार

युक्रेनी विपक्षी नेताहरूको चेतावनी: शान्ति नआउँदासम्म चुनाव असम्भव


युक्रेनी विपक्षी नेताहरू पेट्रो पोरोशेन्को र युलिया टिमोशेन्कोले बिहीबार वासिङ्टन अधिकारीहरूले उनिहरूको टोलीसँग छिटो मतदान गर्नेबारे कुराकानी गरेको खबर आएपछि शान्तिकाल नआउँदासम्म चुनावमा प्रतिबन्ध लगाउने कुरालाई समर्थन गरेका छन् ।

युक्रेनले मार्शल ल अन्तर्गत चुनावमा प्रतिबन्ध लगाएको छ तर रुस र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीले राष्ट्रपति भोलोदिमर जेलेन्स्की वैध नेता नभएको तर्क गर्दै चुनावको माग गरेका छन् ।

अमेरिकी समाचार आउटलेट पोलिटिकोले बिहीबार ट्रम्पका वरिष्ठ सहयोगीहरूले टिमोशेन्को र पोरोशेन्कोको पार्टीका वरिष्ठ सदस्यहरूसँग देशले छिटो राष्ट्रपति चुनाव गर्न सक्छ कि भन्ने बारे गोप्य छलफल गरेको जनाएको छ ।

विपक्षी युरोपेली सोलिडारिटी पार्टीका नेता तथा रोसेन कन्फेक्शनरी निर्माताका संस्थापक पोरोशेन्को सन् २०१४ मा राष्ट्रपति निर्वाचित भएका थिए र सन् २०१९ को चुनावमा जेलेन्स्कीसँग पराजित भए ।

बिहीबार एक बयानमा उनले आफ्नो टोली ‘सधैँ युद्धको समयमा चुनाव गराउने विरुद्धमा रहेको र स्पष्ट रूपमा रहेको’ बताए । “हामीले युद्धविराम र युक्रेनका लागि सुरक्षा ग्यारेन्टीसहित शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि मात्र चुनाव हुन सक्छ भनी भनेका छौँ र यसो भन्न जारी राख्छौँ”, उनले भने ।

पोरोशेन्कोले आफ्नो टोलीले ‘युक्रेनका लागि द्विदलीय समर्थन कायम राख्न सार्वजनिक र पारदर्शी रूपमा’ काम गरिरहेको बताए ।

जेलेन्स्कीको प्रशासनको आलोचना गर्दै उनले युक्रेनी सरकार र अमेरिकी प्रशासनबीच ‘सञ्चारको अभाव’ भएको र ‘यसले राज्यलाई जोखिममा पारेको’ बताएका छन् । गत महिना जेलेन्स्कीले बढ्दो आन्तरिक द्वन्द्वका बीच पोरोशेन्कोलाई देश छोड्न प्रतिबन्ध लगाएको साथै उनको सम्पत्तिमा पहुँचमा रोक लगाएको थियो ।

“मेरो टोलीले हाम्रा सबै मित्रराष्ट्रहरूसँग वार्ता गरिरहेको छ जो सकेसम्म चाँडो न्यायपूर्ण शान्ति सुनिश्चित गर्न मद्दत गर्न सक्छन्”, युक्रेनको प्रधानमन्त्रीका रूपमा दुई कार्यकाल सेवा गरिसकेकी र फादरल्यान्ड पार्टीको नेतृत्व गर्नुहुने टिमोशेन्कोले भनिन्, “त्यसबेलासम्म र मैले यो एकभन्दा बढी पटक भनेको छु, युक्रेनमा कुनै पनि चुनाव गराउने कुरा असम्भव छ ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट