Techie IT
२०८२ वैशाख १०, बुधबार

युक्रेनको बहुमूल्य खानीमा अमेरिकाको आँखा, उत्खननमा चुनौती


युक्रेनको माटोले विश्वको करिब पाँच प्रतिशत खनिज स्रोत ओगटेको भए पनि तीमध्ये धेरैजसो अझै दोहन हुन सकेका छैनन् । विश्व माइनिङ डाटाको २०२४ संस्करण अनुसार युक्रेन ४०औँ ठूलो खनिज उत्पादक देश हो भने सन् २०२२ मा फलाम उत्पादनमा विश्वकै १०औँ स्थानमा थियो ।

फ्रान्सको ब्युरो अफ जियोलोजिकल एन्ड माइनिङ रिसर्च (बिआरजिएम) लगायतका भू–वैज्ञानिकहरूले सन् २०२३ मा गरेको अध्ययनमा युक्रेनमा फलाम, म्याङ्गनिज, युरेनियमसहित सयभन्दा बढी स्रोतहरू फेला पारेका छन् ।

युक्रेन म्याङ्गनिज (८औँ), टाइटेनियम (११औँ) र ग्रेफाइट (१४औँ) को उल्लेखनीय उत्पादक देश हो। युरोपेली आयोगले युक्रेनलाई टाइटेनियमको महत्त्वपूर्ण आपूर्तिकर्ता र २० भन्दा बढी कच्चा मालको सम्भावित स्रोत मानेको छ ।

दुर्लभ पृथ्वी तत्वमा सम्भावना तर चुनौती पनि
दुर्लभ पृथ्वी तत्वहरू (आरइई) मा युक्रेनसँग महत्त्वपूर्ण स्रोतहरू छन्, तर अझै उत्खनन भएको छैन। युक्रेनी सरकारले छ वटा भण्डारमा आरइई रहेको जनाए पनि उत्खननका लागि ठूलो लगानी आवश्यक छ । नोभोपोल्टाभस्के भण्डारको विकासका लागि मात्रै ३० करोड डलर लगानी आवश्यक परेको बताइएको छ ।

यद्यपि रेटिङ एजेन्सी एस एन्ड पीले युक्रेनका भण्डारबारेको केही अनुमान पुराना मूल्याङ्कनमा आधारित रहेको र उत्खनन प्राविधिक रूपमा चुनौतीपूर्ण हुनसक्ने जनाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँगको सहायताको बदलामा दुर्लभ पृथ्वी तत्वहरूको पहुँच खोजेको बताएका छन् ।

युक्रेनसँग युरोपको ठूलो लिथियम भण्डार रहे पनि अहिलेसम्म उत्खनन सुरु भएको छैन ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट