थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा ३७ वर्षिया सिनावात्रा
३७ वर्षकी पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन्। उनी अर्बपति एवम् पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन्। टाइकुन थाक्सिन सिनावात्राकी ३७ वर्षीया छोरी देशको नेतृत्व गर्ने परिवारको तेस्रो सदस्य हुन्।
सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने पेतोङत्रान तेस्रो व्यक्ति हुन्। उनका बुवा थाक्सिन र फुपु यिंगलक सिनावात्रा पनि प्रधानमन्त्री भएका थिए। पेतोङत्रान थाइल्याण्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन्। सिनावात्रालाई सत्तारुढ फेउ थाइ दलले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारेको थियो। संवैधानिक अदालतले श्रावण ३० गते पूर्व प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेपछि उनी प्रधानमन्त्री बनेकी हुन्।
राजनीतिमा आउनुअघि पेतोङत्रानले परिवारको होटल व्यवसाय शाखा हेर्थिन्। उनले कहिल्यै निर्वाचित पद सम्हालेकी छैनन्। गत वर्ष भएको थाइल्याण्डको चुनाव त मुभ फरवार्ड पार्टीले जितेको थियो । तर सेनाले नियुक्त गरेका सिनेटहरुले सबैभन्दा ठूलो दललाई सरकार बनाउन रोके । दोस्रो दल फेउ थाइले अरु दलहरुसँग गठबन्धन गरेर थबिसिनलाई प्रधानमन्त्री बनायो । वर्ष दिन नपुग्दै एक मन्त्रीको नियुक्तिलाई लिएर संवैधानिक अदालतले उनलाई बर्खास्त गर्यो । स्रेथा थबिसिनको बर्खास्ती सेना, राजा समर्थित प्रतिष्ठान र थाक्सिन समर्थित दलको बीचमा लामो समयदेखि चलिरहेको लडाईँको नयाँ अध्याय थियो ।
सत्तारुढ गठबन्धनले बिहीबार राति बसेको बैठकमा गठबन्धनका अन्य १० दलमध्ये कुनै पनि दलले विकल्प अगाडि नराखेपछि पाइतोङटार्नलाई प्रतिस्थापन गरेको हो । फेउ थाई र यसका साझेदारहरूले संसदमा ३१४ सीटहरू ओगटेका छन्, र प्यातोङटार्नलाई प्रधानमन्त्री बन्न वर्तमान ४९३ सांसदहरूमध्ये आधाभन्दा बढीको स्वीकृति आवश्यक छ।
गत हप्ता, संवैधानिक अदालतले शाही मानहानि कानुनहरु संशोधन गर्ने माग राखेका कारण मुभ फरवार्ड पार्टी (MFP) लाई विघटन गरि पार्टीका कार्यकारी सदस्यहरूलाई १० वर्षका लागि राजनीतिबाट प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । मुभ फरवार्ड पार्टी (MFP) कडा शाही मानहानि कानुनहरु संशोधन हुनुपर्छ भन्ने विचार राखिरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस