Techie IT
२०८१ चैत्र २०, बुधबार

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुर क्रिकेट मैदान निरीक्षण


उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आज कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण गरेका छन् । उनले आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे । 

सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तरराष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।

“क्रिकेट मैदानमा प्यारापिट निर्माणलगायत काममा प्रधानमन्त्रीको पनि चासो छ, समयमै काम सक्न आठ घण्टाका दरले तीन सिफ्टमा काम पनि भइरहेको छ”, उपप्रधानमन्त्री सिंहले भने ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट