Techie IT
२०८१ चैत्र ३०, शनिबार

चार देशीय सिरिज : आज नेपाल र युगान्डाबीच प्रतिस्पर्धा


काठमाडौं । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत आयोजक युगान्डाको सामना गर्दैछ ।

नेपाली समय अनुसार यो खेल बेलुकी ४ः४५ बजेदेखि सुरु हुनेछ । यस सिरिजमा नेपालले खेलेका ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । 

नेपालले यसअघि नामिबियासँग दुईपटक र हङकङसँग एकपटक हार बेहोरेको थियो भने आयोजक युगान्डालाई पराजित गरेको थियो । 

यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।    
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट