Techie IT
२०८२ वैशाख ७, आइतबार

एपिएफ महिला गोल्डकपको फाइनलमा


नेपाल पुलिसविरुद्ध कठिन जित निकाल्दै एपीएफ इलाममा जारी दोस्रो अन्तरराष्ट्रिय आमन्त्रित महिला गोल्ड कपको फाइनलमा पुगेको छ ।

आज भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै एपिएफ फाइनल पुगेको हो । खेलको ३६औँ मिनेटमा अनिता केसीको पासलाई रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन् ।

प्लेयर अफ द म्याच एपीएफकी अनिता बस्नेत घोषित भइन् । उनले नगद रु पाँच हजार र ट्रफी प्राप्त गरिन् । यही फागुन २४ गते हुने फाइनलमा आर्मी र एपीएफबीच हुनेछ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट