Techie IT
२०८२ वैशाख ७, आइतबार

विराट गोल्डकप: त्रिभुवन आर्मी क्लबको शानदार जित, मोरङ एफसी पराजित


विराटनगरको सहिद रङ्गशालामा जारी ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आजको पहिलो क्वाटर फाइनलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

विराट गोल्डकप ट्रष्टद्वारा आयोजित रात्रिकालीन उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले रिजालको मोरङ एफसिलाई १–० गोलले पराजित गरेको हो ।

खेलको ३७औँ मिनेटमा त्रिभुवन आर्मी क्लवका नराज चौधरीले गोल गरेका थिए । सो गोल नै खेलको निर्णायक बन्न पुग्यो ।  खेलको म्यान अफ दी म्याच त्रिभुवन आर्मीका बिकेश कुथु भए । उनले रु ११ हजार नगद प्राप्त गरे ।

बिहीबारको दोस्रो क्वाटरफाइनल खेल दुई विभागीय टिम नेपाल प्रहरीको महेन्द्र पुसिल क्लब र सशस्त्र प्रहरी बलको एपिएफ एफसीबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा भारतका दुई र नेपालका विभागीय टिमसहित १० वटा टिम सहभागी छन् । प्रतियोगितका विजेतालाई नगद रु ११ लाख, उपविजेतालाई रु पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १५ हजार, खेलको म्यान अफ दी म्याचलाई रु ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई रु ५१ हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट