Techie IT
२०८२ वैशाख २१, आइतबार

पाँचौँ कटारी मेयर गोल्डकप फुटबल प्रतियोगिता: काठमाडौँ च्याम्पियन ब्वाइजको उपाधि जित


कटारीमा सम्पन्न पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा काठमाडौँको च्याम्पियन ब्वाइज क्लबले उपाधि जितेको छ । फाइनलमा शलेस युथ क्लब सिरहालाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौँले उपाधि हात पारेको हो ।

खेलको विवरण:

पहिलो हाफ: दुवै टोलीले गोल गर्न नसकेर खेल गोलरहित बराबरीमा सकियो ।

दोश्रो हाफ: सिरहाका कुलदीप कार्कीले गोल गर्दै अग्रता लिए। तर, काठमाडौँका सन्तोष न्यौपानेले जवाफी गोल गर्दै खेल बराबरीमा ल्याए । पछि हेमन लिम्बूले अर्को गोल गर्दै काठमाडौँलाई जित दिलाए ।

पुरस्कार र सम्मान:

उपाधि विजेता काठमाडौँ: नगद रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ।

उपविजेता सिरहा: नगद रु एक लाख ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ।

हेमन लिम्बू: 'म्यान अफ दी म्याच' घोषित, नगद रु तीन हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ।

विधागत पुरस्कारहरू:

उदीयमान खेलाडी: ऋतिक तामाङ (कटारी–११), नगद रु पाँच हजार, ट्रफी, मेडल र प्रमाणपत्र ।

उत्कृष्ट डिफेन्डर: धिरेन क्षेत्री (काठमाडौँ), नगद रु पाँच हजार, ट्रफी, मेडल र प्रमाणपत्र ।

उत्कृष्ट गोलरक्षक: चरी लिम्बू, नगद रु पाँच हजार, ट्रफी, मेडल र प्रमाणपत्र ।

सर्वाधिक गोलकर्ता: सौर्य राउत, नगद रु पाँच हजार, ट्रफी, मेडल र प्रमाणपत्र ।

उत्कृष्ट खेलाडी: शिशिर लेखी (सिरहा), नगद रु पाँच हजार, ट्रफी, मेडल र प्रमाणपत्र ।

प्रतियोगितामा आठ टोलीहरूको सहभागिता रहेको थियो, जसमा भूटानको अन्तर्राष्ट्रिय सामत्से फुटबल क्लब पनि समावेश थियो। कटारी नगरपालिकाको सहयोगमा यो प्रतियोगिता आयोजना गरिएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट