Techie IT

बाढीपहिरोले क्षतिग्रस्त ३० सडक खण्ड अझै अवरुद्ध, दसैंमा यात्रुलाई सास्ती


बाढी र पहिरोका कारण एक साताअघि क्षतिग्रस्त भएका ११ वटाका ३० सडक खण्डमा अझै यातायात सेवा अवरुद्ध छ । साथै, ४२० स्थानमा सवारीसाधन एकतर्फी चलिरहेका छन्। दसैं अघि यी सडकहरू सञ्चालनमा आउने सम्भावना कम रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।बाढी र पहिरोले ठूला राजमार्गहरू बन्द भएपछि विकल्पका रूपमा अन्य सडकमा सवारी चाप अत्यधिक बढेको छ। 

विशेषगरी बीपी राजमार्ग बन्द भएपछि चन्द्रागिरि–चित्लाङ–कुन्छाल–हेटौंडा, नौबिसे–पालुङ–हेटौंडा र नागढुंगा–मुग्लिन सडकमा सवारी चाप निकै बढेको छ।बीपी राजमार्गको करिब १२ किलोमिटर खण्ड बाढीले बगाएको र दसैंसम्म खुल्न नसक्ने जानकारी सचिव केशवकुमार शर्माले दिएका छन्। दसैंमा यात्रुले विकल्पका रूपमा हेटौंडा, दोलखा, चितवन हुँदै जाने अन्य सडक प्रयोग गर्नुपर्नेछ। 

नागढुंगा–मुग्लिन सडकमा दैनिक २० हजारभन्दा बढी सवारीसाधन गुड्ने भएकाले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ।सडक विभागका अनुसार नागढुंगा–मलेखु खण्डका केही स्थानमा पहिरोको जोखिम छ भने कतिपय खण्डमा सवारीसाधन एकतर्फी सञ्चालन भइरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट