Techie IT
२०८२ वैशाख १४, आइतबार

श्रीमानको किरिया बसेकी महिलाको मृत्यु


दाङ । तुलसीपुरमा श्रीमान्को किरिया बसेकी एक महिलाको आज मृत्यु भएको छ । तुलसीपुर-७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमान्को किरिया बसेको अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पाँच दिनअघि मृत्यु भएका पति नारायणप्रसाद आचार्यको किरियामा बसेकी शर्मा आज बिहान अचानक बिरामी भएपछि उपचारका लागि राप्ती लाइफ केयर अस्पताल मोतिपुर लगिएको थियो । उपचारका क्रममा उनको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

श्रीमान्को निधनको आज छैटौँ दिनमा उनको निधन भएपछि परिवार, आफन्त तथा स्थानीय शोकमा डुबेका छन् । शर्मा नेपाल रेडक्रसका केन्द्रीय सदस्य तथा विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध हुनुहुन्थ्यो । उनको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट