सेती नदी जलविद्युत् आयोजना सम्पन्न
तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्। अन्य लगानी प्रवर्द्धक स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताए। सेती नदी जलविद्युत आयोजना विसं २०७७ को अन्तिमदेखि काम सुरु भएको हो। कोरोना महामारीका कारण आयोजनाको काममा केही बाधा पुगे पनि सबैको सहयोगले सफलता मिलेको निर्देशक गुरुङले बताए।
२५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सकिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरू भएको हो। ‘आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ। यही साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौं। त्यसपछि वेटटेष्ट (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने कार्य) को काम सुरू हुन्छ,’ प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले भने।
कम्पनीका अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकार लगायतबाट सहयोग मिलेको बताए। उनले स्थानीयवासीको सानासाना लगानीले आयोजना निर्माण भएको बताए। जलविद्युतमा २५ मेगावाटको यो प्रोजेक्टमा धेरै मानिस जोडिनुभएको छ। एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ।
सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ। यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्। अन्य लगानी प्रवर्द्धक स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताए। सेती नदी जलविद्युत आयोजना वि.सं २०७७ को अन्तिम देखि काम सुरु भएको हो। कोरोना महामारीका कारण आयोजनाको काममा केही बाधा पुगे पनि सबैको सहयोगले सफलता मिलेको निर्देशक गुरुङले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस