Techie IT
२०८२ वैशाख ११, बिहीबार

मृगौला पीडित सुरज खातीको जीवनरक्षार्थ सहयोग अभियान जारी, ७५ हजारभन्दा बढी संकलन


बझाङ जिल्ला केदारस्युँ गाउँपालिका–९ खातीविनाडाका स्थायी बासिन्दा तथा हाल धनगढी उपमहानगरपालिका बसोबास गर्दै आएका डबल खाती (सुरज) दुवै मृगौलाले काम गर्न छाडेपछि हाल काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत छन्।

घरको मुख्य अभिभावकसमेत रहेका खाती आर्थिक रूपमा कमजोर परिवारबाट आएकाले उपचार खर्च व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भएको छ । यसै कारण उनको जीवनरक्षार्थ विभिन्न माध्यमबाट आर्थिक सहयोग संकलनको अभियान सञ्चालन भइरहेको छ ।

गत शुक्रबारदेखि बझाङ दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको संयोजकत्वमा सुरु गरिएको "सुरज खाती बचाउ अभियान" अन्तर्गत अहिलेसम्म रु. ७५,०१८ (पचहत्तर हजार अठार रुपैयाँ) सहयोग संकलन भएको संयोजक थापाले जानकारी दिएका छन् । उक्त रकम पीडित सुरज खातीको श्रीमतीको खातामा जम्मा गरिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

दुवै मृगौलाले काम नगर्ने अवस्थामा उपचार खर्च अत्यन्तै महँगो हुने भएकाले आर्थिक सहयोग अभियान जारी रहेको छ । अभियान संयोजक थापाले सम्पूर्ण शुभेच्छुक, सहयोगी मन र समाजसेवीहरूलाई सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट