डबल खातीको जीवन रक्षाका लागि आर्थिक सहयोग संकलन सुरु

बझाङ जिल्ला केदारस्युँ गाउँपालिका–९ खातीविनाडाका स्थायी बासिन्दा तथा हाल धनगढी उपमहानगरपालिका बसोबास गर्दै आएका डबल खाती (सुरज) का दुवै मृगौलाले काम गर्न छोडेको पन्ध्र दिन बितिसकेको छ ।
सुरुमा सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार सुरु गरिए पनि थप उपचार सम्भव नभएको भन्दै उनलाई काठमाडौं स्थित वीर अस्पताल रिफर गरिएको हो।
हाल वीर अस्पतालमा उपचाररत खाती लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका थिए । घरको मुख्य अभिभावकसमेत रहेका उनी आर्थिक रूपमा कमजोर परिवारबाट आएका कारण उपचार खर्च व्यवस्थापनमा गम्भीर समस्या परेको छ ।
यसै सन्दर्भमा बझाङ दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको अगुवाइमा “डबल खाती बचाउ अभियान” नामक आर्थिक सहयोग संकलन सुरु गरिएको छ। अध्यक्ष थापाका अनुसार, “हामीले आजदेखि औपचारिक रूपमा सहयोग अभियान सुरू गरेका छौं । उहाँ जस्तो साथी गम्भीर समस्यामा पर्दा चुप बस्न सक्दैनौं । सबैलाई सकेको सहयोग गर्न हार्दिक अनुरोध छ ।”
संकलित रकम खातीको उपचारमा प्रयोग गरिनेछ । जीवन रक्षाका लागि भइरहेको यस अभियानमा देश–विदेशबाट सहयोगको अपेक्षा गरिएको छ । सहयोग गर्न दाताहरुको नाम सबै सामाजिक संजालमा राखिने र सबैले पैसा पठाएको स्क्रिनसट वाटस्अपमा म्यासेज गर्न भनिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस