प्रधानमन्त्रीद्वारा वरिष्ठ पत्रकार कोइरालाप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रधानमन्त्री ओली आज आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय पुगे कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेकपा (एकीकृत समाजवादी)को पार्टी केन्द्रीय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो सदस्य रहनुभएका कोइरालाको आइतबार राति ८७ वर्षको उमेरमा राति निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । पत्रकार, लेखक तथा कूटनीतिज्ञसमेत रहनुभएका कोइरालाको पक्षघात भएपछि उपचारका क्रममा अस्पताल निधन भएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस