Techie IT
२०८२ वैशाख ३, बुधबार

अस्ट्रेलियामा ५५ नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला


Aname scutitheca, new species female with mites on carapace. Credit: Queensland Museum

अस्ट्रेलियाका वैज्ञानिकहरूले ५५ नयाँ प्रकारका माकुरा फेला पारेका छन् । अनुसन्धान टोलीले अस्ट्रेलियाका टाढा र सुख्खा ठाउँहरूमा खोज गरेर यी माकुरा भेट्टाएका हुन् ।

यी माकुरालाई ‘विशबोन’ माकुरा भनिन्छ । यी माकुराले जमिनभित्र रेशाले प्वाल बनाउने गर्छन् । विशबोन माकुरा अस्ट्रेलियामा पाइने एक विशेष प्रकारको माकुरा हो, जुन ‘एनेम’ नामक समूहमा पर्दछ । यी माकुराले जमिनभित्र रेशाले बनेको ‘वाई’ आकारको बासस्थान बनाउँछन्, जसको कारणले ‘विशबोन’ नाम दिइएको हो ।

उनीहरू सुनौला रङ्गका चम्किला रौंले ढाकिएका हुन्छन् । विशबोन माकुरा टारान्टुला र ट्रयापडोर माकुरासँग सम्बन्धित छन् र प्रायः अस्ट्रेलियाका सुख्खा, दुर्गम क्षेत्रमा पाइन्छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार अझै धेरै माकुरा प्रजाति पत्ता लाग्न बाँकी छ । यो खोजले अस्ट्रेलियाका जङ्गल र जीवजन्तुको विविधता बुझ्न मद्दत गर्नेछ ।

वैज्ञानिक जेरेमी विल्सनले दुई वर्षभन्दा बढी समय लगाएर यो अध्ययन गर्नुभएको हो । “हामीले धेरै नयाँ कुरा पत्ता लगाएका छौं,” उनले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट