‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’
.png)
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरीको सीमा सुरक्षा, विपद् व्यवस्थापन र शान्ति सुरक्षा अमनचयन कायम गर्ने कार्यमा उल्लेख्य भूमिका रहेको बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनी मुख्यालय पकलीको २४औँ स्थापना दिवसका अवसरमा आज इटहरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा समाजमा शान्ति स्थापनामा पुर्याएको योगदानको चर्चा गरे । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा ‘बोर्डर पोष्ट’ र कतिपय ठाउँमा भवनहरू नहुँदाको प्रतिकूल अवस्थामा पनि मुलुकको सीमा सुरक्षामा निर्वाह गरेको भूमिका उल्लेख्य रहेको उनले बताए ।
मुख्यमन्त्री कार्कीले भने, “कोरोना महामारीका समयमा सीमा क्षेत्रमा र विपद्का समयमा अग्रभागमा खटिएर निर्वाह गरेको भूमिका प्रशंसायोग्य छ ।” उनले सीमित स्रोत साधनका बीच सीमा क्षेत्रमा अहोरात्र खटिएर राजस्व सङ्कलन वृद्धि गर्न सशस्त्र प्रहरी बलले गरेको योगदानको प्रशंसा गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ५२ वटा बोडरपोस्ट निर्माण गरेको जानकारी दिँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तपाईको प्रतिक्रिया दिनुहोस