Techie IT

स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ - मुख्यमन्त्री शाह


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतमा राखेर काम गरिरहेको बताएका छन् । सामाजिक विकास मन्त्रालयले आज धनगढीमा आयोजना गरेको प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा शुभारम्भ कार्यक्रममा उहाँले सीमित स्रोत साधनकाबीच स्वास्थ्य क्षेत्रमा सुधारका लागि सरकारले प्रयास गरिरहेको बताए ।     
    
मुख्यमन्त्री शाहले निःशुल्क रक्त सेवालाई प्रभावकारी बनाउँदै बढीभन्दा बढी जनता लाभान्वित हुने अवस्था बनाउने गरी लाग्न सबैलाई आग्रह गरे । उनले भने, “निःशुल्क रक्त सेवा सुरुआत भएको छ । यसलाई प्रदेशका बढिभन्दा बढी जनता लाभान्वित हुनेगरी अगाडि बढाउन आवश्यक छ । यस्ता काममा प्रदेश सरकारको सधैँ सहयोग रहन्छ । हामी अति आवश्यक कुरामा सधैँ उदार छौँ । यसबाट आमजनता लाभान्वित हुने अपेक्षा छ ।”     
    
सामाजिक विकासमन्त्री मेघराज खड्काले निःशुल्क रक्त सेवाले विपन्न बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले यस यसलाई प्रभावकारी बनाउँदै लैजाने बताएका थिए ।     
    
मुख्यमन्त्री शाहले गत साउन २१ गते पदभार ग्रहण गर्दा प्रदेशभर निःशुल्क रगतको व्यवस्था गर्ने निर्णय गरेका थिए । सोही निर्णयको कार्यान्वयन गर्दै आइतबारबाट प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा सुरु गरिएको हो ।     
    
सामाजिक विकास मन्त्रालयले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढीसँग सहकार्य गरी प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउने जनाएको छ । 

यसका लागि रक्तसञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौ वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग मन्त्रालयले सम्झौता गरेको छ ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट