Techie IT

घना बस्तीबीच रहेको धनगढी इन्धन डिपोबाट स्थानीय त्रसित, स्थानान्तरणको माग


धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित नेपाल आयल निगमको इन्धन डिपोले स्थानीयहरूलाई त्रसित बनाएको छ। 

स्थानीय धर्मसिंह र माधवी ऐरजस्ता बासिन्दाहरू डिपोका कारण सधैं त्रासमा बाँचिरहेका छन्। इन्धन डिपोबाट पेट्रोलियम पदार्थ 'लोड-अनलोड' गर्दा आगोको त्रासले स्थानीयहरू घरमै पनि ढुक्कसँग बस्न सकिरहेका छैनन्।

धनगढी–अत्तरिया सडकको किनारमा रहेको यस डिपोको वरिपरि अस्पताल, विद्यालय, र व्यावसायिक भवनहरू छन्। दुर्घटनाको जोखिमका कारण स्थानीय बासिन्दाहरूले यस डिपोलाई बस्ती नभएको सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न माग गरिरहेका छन्। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले समेत डिपोका कारण नगरमा सुरक्षा चुनौती थपिएको बताएका छन् ।

पुनर्वासमा स्थानान्तरण योजना

नेपाल आयल निगमले डिपो पुनर्वासको योजनासहित कञ्चनपुरको पुनर्वास नगरपालिका ३ र ५ मा जग्गा खोजीको प्रक्रिया थालेको भए पनि कार्यान्वयनमा ढिलाइ भएको छ। निगमका अनुसार, हालको चटकपुरस्थित डिपोले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सात दिनको इन्धन माग धान्ने क्षमता राख्छ, तर भण्डारण क्षमता बढाउन जग्गा अपर्याप्त रहेको कारण यसलाई अन्यत्र सार्नुपर्ने बाध्यता रहेको छ।

निगमका अधिकारीहरूका अनुसार ९० दिनसम्मको माग धान्ने क्षमता विकास गर्ने सरकारी योजनामा पनि यो स्थानान्तरणले सहयोग पुर्याउनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट