भ्रष्टाचारको अडियो पछि सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्रीद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज बिहान पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएको घोषणा मन्त्री चौधरीले गरेका हुन् ।
गैर कानुनी ढङ्गले आर्थिक गतिविधिमा संलग्न भएको श्रव्य सामग्री सार्वजनिक भएपछि नैतिकताका आधारमा उनले राजीनामा दिएर विदाइ भएका छन् ।
उनले पत्रकारमाझ भने, “म निर्दोष छु, दोषी भए सजाय भोग्न तयार छु ।” नेपाली कांग्रेसका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उहाँ नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री भएका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस