परराष्ट्रमन्त्री डा.राणा भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गरेकी छन् । मन्त्री डा.राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्नुहुने कार्यक्रम छ ।
मन्त्री डा.राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए । त्यसपछि मन्त्री डा.राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुनेछन् ।
भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा.राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरुको सहभागिता रहनेछ । सो कार्यक्रमलाई मन्त्री डा.राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै यहीँ भ्रमणकै क्रममा मन्त्री डा.राणाले आफ्नो स्वास्थ्य जाँचको फलो अप पनि गराउने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया दिनुहोस