प्रधानमन्त्री ओलीको नालायकीले राजावादीहरू सक्रिय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नालायकीले राजावादीहरू सक्रिए भएको निष्कर्ष निकालेको छ ।
आज (सोमबार) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा भएको शीर्ष नेताहरूको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।
माओवादीले गणतन्त्र ल्याउन रगत बगाएको स्मरण गर्दै अहिले ओलीले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मरत्तिमा रमाएको आरोप लगाएको छ ।
यतिबेला व्यवस्था नै धरमराएको अवस्थामा राजावादीहरू सल्बलाएको भन्दै माओवादीेले केही दिनमै काठमाडौंमा भव्य प्रदर्शन गर्ने निर्णय गरेको छ । उसले आफ्नो नेतृत्वमा गणतन्त्रपक्षधरलाई प्रदर्शनमा सहभागी हुन आग्रह समेत गरेको छ ।
त्यस्तै वर्तमान अवस्थाको समीक्षा गर्न समाजवादी मोर्चाको बैठक बोलाइएको छ । बैठक दिउँसो ४ बजे बस्नेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस