Techie IT
२०८१ फागुन २६, सोमबार

काठमाडौंमा प्रदर्शन गर्ने तयारीमा माओवादी, कांग्रेस–एमाले मौन


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । आज (सोमबार) बिहान बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो । 

संविधान र गणतन्त्रको रक्षाका लागि प्रदर्शन गर्ने तयारी गरेको माओवादीले जनाएको छ । उसले विचार मिल्ने गणतन्त्र पक्षधरसँग मिलेर प्रदर्शन गर्ने बताएको छ । 

प्रदर्शनको नेतृत्व भने माओवादी केन्द्रले गर्नेछ । पछिल्लो समय राजावादी र उनका समर्थकहरूको गतिविधि बढेकोप्रति माओवादीले चासो देखाएको छ । 

हिजो (आइतबार) एक महिने पोखरा भ्रमण सकाएर काठमाडौं फर्किएका राजाको स्वागतार्थ राजावादी दल र तिनका समर्थकहरूले प्रदर्शन गरेका थिए ।

यसलाई माओवादीले गम्भीरताका साथ हेरेको छ भने कांग्रेस–एमाले मौन जस्तै देखिएको छ । 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट