Techie IT
२०८१ फागुन २६, सोमबार

समाजवादी मोर्चाको बैठक बस्दै


काठमाडौं । सामाजवादी मोर्चाको बैठक बस्दैछ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विप्लव नेतृत्वको समाजवादी मोर्चाको बैठक आज (सोमबार) दिउँसो ४ बजे बस्ने भएको हो । 

नेकपा (माओवादी केन्द्र)को बिहान बसेको सचिवालय बैठकले समाजवादी मोर्चाको बैठक आह्वान गर्ने निर्णय गरेको छ । 

पछिल्लो समय राजावादीहरूको सक्रियताले देशको परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै आगामी रणनीति तय गर्न समाजवादी मोर्चाको बैठक बोलाएको माओवादी महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । 

समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपालगायतका दलहरू संलग्न छन् । 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट