रवि लामिछाने पुगे बुटवल उच्च अदालतमा, एक लाख धरौटी खारेजीको माग
.png)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् ।
रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा आफूसँग माग भएको एक करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै रवि आज (सोमबार) उच्च अदालत पुगेका हुन् ।
यसअघि उनले एक लाख धरौटी खारेजका लागि दिएको निवेदन अदालतमा दर्ता भइसकेको छ ।
लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख र चितवनको साहारा चितवन सहकारी प्रकरणमा ५४ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस