पूर्वराजा आइपुगे काठमाडौं, समर्थकहरूलाई विमानस्थल प्रवेशमा रोक, गेटमा स्वागत
.png)
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । एक महिने लामो पोखरा भ्रमण सकाएर उनी काठमाडौं आइपुगेका हुन् ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजबाट ओर्लेएर शाह निर्मल निवासतर्फ लागेका छन् ।
राजावादी समर्थित राजेन्द्र लिङ्देन, कमल थापा र दुर्गा प्रसाईंलाई विमानस्थलमा प्रवेश गर्न दिएपनि अन्यलाई दिइएको थिइएन ।
हजारौँ समर्थकले विमानस्थलको प्रवेशद्वार (गेट)मा पूर्वराजालाई स्वागत गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस