माओवादी सचिवालय बैठक आह्वान, यी हुन् एजेन्डा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सचिवाल बैठक आह्वान गरिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक आह्वान गरिएको हो ।
बैठकमा पार्टी अभियानको समीक्षा, आगामी दिनमा कसरी सञ्चालन गर्ने र भावी रणनीतिबारे पनि छलफल हुनेछ ।
त्यस्तै सरकार, राजावादीहरूको बढ्दो गतिविधि र त्रिभुवन विश्वविद्यालयको आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनसम्बन्धमा छलफल हुनेछ ।
बैठक भोलि (सोमबार) बस्नेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस