पूर्वराजाको स्वागतमा विमानस्थल पुगे लिङ्देन, थापा र प्रसाईं

काठमाडौं । पोखराको एक महिने भ्रमण पश्चात् पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किँदैछन् ।
उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
ठूलो संख्यामा आफ्ना समर्थकसहित उनीहरू विमानस्थल पुगेका हुन् । केही समयमै ज्ञानेन्द्र आउने भएपछि लिङ्देन, थापा र प्रसाईं विमानस्थलमै पुगेको राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले जानकारी दिए ।
पूर्वराजालाई विमानस्थलमा स्वागत गरेपश्चात् राजासहित उनीहरू सिधै निर्मल निवास पुग्नेछन् । राप्रपा, राप्रपा नेपाल र प्रसाईं नेतृत्वको अभियानले आज (आइतबार) काठमाडौंमा प्रदर्शन पनि गर्नेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस