Techie IT
२०८१ फागुन २६, सोमबार

देउवा, ओली र प्रचण्डबीच संवादहीन, गणतन्त्रविरुद्ध राजावादीहरूको विद्रोह


काठमाडौं । पूर्वराजा समर्थित दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गर्दैछ । 

यी दल र अभियानले राजतन्त्र र हिन्दुराज्यको पुनस्र्थापनाको माग गर्दै प्रदर्शनको तयारी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिने पोखरा भ्रमण सकेर आज (आइतबार) साँझ काठमाडौं फर्किँदैछन् । 

यहीँ मौकामा राजावादी र तिनका समर्थकहरूले काठमाडौंमा प्रदर्शन गर्दैछन् । यसलाई उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको प्रदर्शन पनि भनेका छन् । 

यस्तो अवस्थामा गणतन्त्रवादी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, मधेसवादी दल र केही साना दलहरूले प्रतिवादको कुनै तयारी गरेका छैनन् । 

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठेका बेला यी दलका शीर्ष नेताहरूबीच संवाद पनि भएको छैन । यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुनै संवाद भएको छैन ।

माओवादीले आफ्नो नेतृत्वमा गणतन्त्रवादीहरूले पनि प्रदर्शन गर्ने तयारी गरेको बताएको छ । यस्तो बेलामा दलहरू एकै ठाउँमा उभिनुको साटो सामान्य संवादसमेत नभएको माओवादीका एक नेता बताउँछन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट