राजावादीहरू विमानस्थल प्रवेशद्वारमा ठेलमठेल, हातहतियारसहित प्रहरीको उच्च सुरक्षा सतर्कता

काठमाडौं । राजावादीहरू त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल प्रवेशद्वारामा भेला भएका छन् । राजा आऊ देश बचाऊ भन्ने नारासहित उनीहरू प्रवेशद्वार अगाडि भेला भएका छन् ।
एक महिने पोखरा भ्रमण सकेर काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनीहरू विभानस्थल प्रवेशद्वार अगाडि भेला भएका हुन् । ज्ञानेन्द्रको स्वागतपश्चात् उनीहरू सिधै निर्मल निवास पुग्नेछन् ।
पूर्वराजाको स्वागतार्थ राजावादी र उनीहरूका समर्थकहरूले काठमाडौंमा प्रदर्शन गर्नेछन् । प्रदर्शन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल र अभियान्ता दुर्गा प्रसाईंको समूह पनि सहभागी हुनेछ ।
उक्त कार्यक्रमको सुरक्षालाई ध्यानमा राख्दै प्रहरी प्रशासनले विमानस्थलमा टिकटबाहक र कर्मचारीबाहेक अन्यलाई प्रदेश गर्न दिएको छैन । सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिँदै विमानस्थल परिसरमा हातहतियारसहित ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस