माओवादीको नेतृत्वमा गणतन्त्रवादीहरूले प्रदर्शन गर्दै, कांग्रेस–एमाले बेखबर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा गणतन्त्रवादीहरूले काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।
प्रदर्शनको तयारीका लागि छलफल जारी रहेकोले समय निर्धारण नगरिएको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
राजावादीहरूको गतिविधि बढेको भन्दै माओवादीका शीर्ष नेताहरू ‘तराई–मधेस जागरण अभियान’ स्थगित गरेर काठमाडौं केन्द्रित छन् ।
प्रवक्ता सापकोटाका अनुसार पार्टीका शीर्ष नेताहरू अनौपचारिक संवादमा छन् भने कांग्रेस–एमाले बेखबरजस्तै छन् ।
माओवादीले यतिबेला कांग्रेस–एमाले लगायतका दलहरूसँग अनौपचारिक संवाद अघि बढाएको छ । सबै दलको सहमतिका पश्चात् प्रदर्शनको मिति तय हुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस